फाइल तस्बिर
काठमाडौं- कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई कठैबरी भन्दै सहानुभूति प्रकट गरेका छन्।
महाधिवेशनमा पराजित नेपालले अध्यक्षको पद माग गर्न नमिल्ने उनको जिकिर थियो। तत्कालीन एमालेको अध्यक्षमा पराजित नेपालले अध्यक्षको पद दाबी गरेको भन्दै उनको आपत्ति थियो।
अध्यक्षमा हारेका नेपाललाई हाताहाती सोही पद प्रदान गर्न नसकिने ओलीको बताए। अर्को समूहमा अध्यक्ष बनेका नेपाललाई ‘कठैबरी’ मात्रै भन्न सकिने उनले कटाक्ष गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।