काठमाडौं- काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाललाई व्यंग्य गर्दै रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि त्यति मान्छे जम्मा पार्न सक्ने बताएका छन्। काठमाडौंमा आफूनिकट नेता कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले रत्नपार्कमा पेट दुखेको कम्मर दुखेको भनेर सिसीमा औषधि बेच्नेको भन्दा कम मान्छे सडकमा उतारेको बताए।
‘अलि अलि त सिसीमा औषधि राखेर बेच्ने मान्छेले रत्नपार्कमा मान्छे जम्मा पार्छ। त्योभन्दा धेरै मान्छे छैनन्। पेट दुखेको‚ कम्मर दुखेको‚ गानो गोला भएको‚ पिनास परेको भन्नेजस्तै उहाँहरूको हालत हो‚’ ओलीले व्यंग्य गर्दै भने, ‘किनभने उहाँ(प्रचण्ड–नेपाल)मा राजनीति छैन। उहाँहरू एजेण्डा देश होइन। उहाँको एजेण्डा जनता होइन। उहाँको एजेण्डा लोकतन्त्र होइन। उहाँको एजेण्डा संविधान संशोेधन र सविधानको रक्षा पनि होइन।’
संविधान संशोधन गरे नक्सा छापेकोमा प्रचण्ड-नेपाललाई धेरै पिडा र छटपट्टी भएको बताउँदै ओलीले देश विकास हुँदासमेत उत्तिकै छटपटाहट भएको आरोप लगाए।
‘कार्की ब्यंक्वेटमा जानुभएछ केपी ओलीलाई निकाल्यौँ भन्नुभएछ। केपी ओलीलाई पार्टीबाट निकाल्यौँ अरे’ ओलीले आक्रोश पोख्दै भने, ‘निकाल्यौँ भनेर निर्वाचन आयोगमा जानुभएछ। निर्वाचन आयोगका कर्मचारी कति हास्नुभयो मलाई थाहा छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।