काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्षले चुनाव चिह्न माग्न निर्वाचन आयोग गएको भन्दै त्यसलाई बरमाझियाको बुढाको पेडा पसलको संज्ञा दिएका छन्।
‘उहाँहरूले एउटा निवेदन हाल्नुभएको रहेछ, असली हामी हौं भन्दै। यो बरमाझियाको बुढाको पेडा पसल हो र असली र नक्कली हुन?’ ओली पक्षको काठमाडौंका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे‚ ‘जसको घरको हो, त्यसले यो घर मेरो हो भनेर निवेदन हाल्न जान्छ?’
आफ्नो जमिन मेरो हो भन्दै निवेदन दिइराख्नु नपर्ने भन्दै आफूहरू विधिसम्मत हिसाबले अघि बढेको प्रधानमन्त्री ओलीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।