काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवादको मुख्य कारण पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल भएको आरोप लगाएका छन्।
ओली पक्षको काठमाडौंका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो दाबी प्रस्तुत गरेका हुन्।
प्रचण्ड अवसरवादका लागि जे पनि गर्न लज्जाबोध नगर्ने र नेपालको कुण्ठाका कारण भएको उनले दावी गरेका छन्। ‘राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव पारित गर्ने तयारी पहिलेदेखि रहेछ‚’ उनले भने‚ ‘राष्ट्रपति कार्यालयमा विशेष अधिवेशन बोलाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर लिएर पुग्नु यसको उदाहरण हो।’
उनले यसलाई कम्युनिस्ट विरोधीहरुको कार्य भएको आरोप उनले लगाए। महाधिवेशनबाट आएको प्रधानमन्त्री र संसदीय दलको नेतालाई बिचमै हटाउन खोज्नु गलत भएको उनले बताए। उनले यसको पहिलेदेखि नै योजना भएको र अहिले आएर प्रकट भएको बताए।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले म अब अध्यक्ष हुनेछैन‚ म अध्यक्ष दिन्छु भन्नु भएको थियो‚’ पोखरेलले भने‚ ‘दोस्रो तहका व्यक्तिलाई दिऊँ भन्दा किन घोसे मुन्टो लगाएको? उहाँहरु कति वर्षदेखि नेतृत्वमै हुनुहुन्छ? उहाँहरू अहिले नै नगद माग्नुहुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।