फाइल तस्बिर
काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिगामी शक्तिहरुको षड्यन्त्र र रणनीतिले देश अहिले विषम परिस्थितिमा रहेको दाबी गरेका छन्।
काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले देशमा विषम परिस्थिति ल्याउनमा कोभिडसँगै पार्टीको अन्तर्संघर्षले समेत भूमिका खेलेको बताएका हुन्।
‘देशमा विषम परिस्थिति ल्याउनमा कोभिडसँगै पार्टीको अन्तर्संर्घषले पनि भूमिका खेलेको छ। प्रतिगामी शक्तिहरुको षड्यन्त्र रणनीतिले भूमिका खेलेको छ‚’ गृहमन्त्री थापाले भने‚ ‘नयाँ प्रश्नहरुको सही उत्तर कसरी दिने भनेर उपस्थित भएका छौँ। गलत नेतृत्व छनौट गर्नुभयो भने प्राप्त भएका लक्ष्यहरु गुम्नेछन्। कसरी कम्युनिस्ट आन्दोलनाई एकता गर्ने र समाजवादको आधार तयार गर्ने भन्नेबारेमा अब स्पष्ट दिसा प्राप्त हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।