काठमाडौं- केपी ओली पक्षका नेता कृष्णगोपाल श्रेष्ठले पुष्पकमल दाहाल र प्रचण्ड फरकफरक भएको दाबी गरेका छन्। नेकपा एमालेसँग एकता गर्दा पुष्पकमल दाहाल भएका उनी फेरि प्रचण्डको रुपमा गलत रूप लिएको दाबी उनले गरेका छन्।
ओलीले दाहाललाई पुष्पकमल दाहाल बनाएको तर अहिले फेरि प्रचण्ड भएको आरोप उनले लगाए।
गत निर्वाचनमा सूर्य चिह्न मन नपरेको मानिसले अहिले सूर्य छातीमा हालेर हिँड्नुको अर्थ नभएको उनले बताए। अहिले बजारमा जे कर्म गरेको छ त्यसको फल छिटै भोग्नुपर्ने दाबी उनको थियो। उनले माधव नेपाल र पुष्पकमल दाहाल पक्ष छिट्टै समाप्त हुने दाबी गरे।
‘'बेलैमा होस पुराइनस पुड्के अब पुर्परोमा हात लगाउएर बस' भन्ने मात्र बाँकी रहेको छ। स्थानीय निर्वाचनमा काग्रेससँग मिल्न गएकै हो,’ उनले भने, ‘हामी नेकपा एमालले एक्लै निर्वाचन लडेर जनताको मत जितेकै हौँ।’
प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव, राष्ट्रपतिलाई महाअभियोग र प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन खोजेपछि प्रतिनिधिसभा विघटन गरेको र ताजा जनादेशमा जान बाध्य पारिएको उनले भनाइ छ।
‘मतपत्र च्यातेर खाएर अनेक गरेकै हो नि। स्थानीय निकायको निर्वाचनमा केपी ओलीसँग नमिलेका कारण पुष्पकमल दाहाल हार्न परेको थियो,’ उनले भने ‘अहिले पुष्पकमल दाहाल र प्रचण्ड दुई थरी भएको छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।