काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षको वृहत् कार्यकर्ता भेला काठमाडौंमा सुरु भएको छ। भेला काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको हो।
काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।
यस्तै गृहमन्त्री रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं कमिटीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।