काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताएका छन्। विभाजन भइनसकेकाले अझैपनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन्।
शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गौतमले अन्तिम विकल्प रहँदासम्म आफू पार्टीलाई एकताबद्ध बनाउन लागिपर्ने समेत बताएका छन्।
'प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना छ। संगठित रुपमै एकता अभियान अगाडि बढाउनेछ,' नेता गौतमले भने।
उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए। उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफूसँग रहेको समेत उल्लेख गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।