काठमाडौं- सरकारले रेलवे सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिने भएको छ। पुस १५ गते बसेको मन्त्रिपरिषद् बैठकले रेलवेको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिने निर्णय गरेको हो।
यस्तै बालपोषण संरक्षण अनुदान कार्यक्रमसमेत थप ११ जिल्लामा विस्तार गर्ने निर्णय गरेको छ। पुस १० को मन्त्रिपरिषद् बैठकले रसुवा, धनुषा, दैलेख, सल्यान, बारा, बैतडी, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सप्तरी र कपिलवस्तु गरी थप ११ जिल्लामा विस्तार गर्ने निर्णय गरेको हो। यसअघि ९ जिल्लामा यो कार्यक्रम संचालन गरिएको थियो।
यी हुन् पुस १० र १५ गतेका निर्णयहरू


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।