काठमाडौं- नेकपाका सचेतक दीनानाथ शर्माले प्रतिनिधिसभा नभएको अवस्थामा सरकारलाई निगरानीको काम राष्ट्रियसभाले गर्ने बताएका छन्। उनले नीति बनाउन सहयोग गर्नेदेखि जनताको आवाज राख्ने र निगरानी गर्नेसमेत काम गर्ने बताए।
'हामी विभाजित भएका छौँ। अब आक्रोशित होइन। संयमित रूपमा भद्र रुपमा आफ्ना विचार राख्ने छौँ। राष्ट्रियसभाले प्रतिनिधिसभा नभएको अवस्थामा सरकारलाई आवश्यक नीति बनाउने र खबरदारी र निगरानी गर्ने काम गर्छ। राष्ट्रियसभाबाट यी काम हुने छ।'
जनसरोकार प्रस्तुत हुने थलो अब राष्ट्रियसभा भएको उनको भनाइ छ। 'प्रतिनिधिसभा नभएकाले अब जनताको आवाज संयमित र मर्यादित रुपमा उठाउने छौँ। यसको महत्व र गरिमालाई कायम गर्ने छौँ। भर्खर आन्दोलनका क्रममा आन्दोलनको म सम्बोधन गर्दछ। उखु किसान एक जनाको देहान्त भएको छ। हामीलाई यो मृत्युले छुनु पर्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।