काठमाडौं- नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र देवले प्रधानमन्त्रीलाई पार्टीभित्र समस्या भयो भन्दैमा देशलाई खाल्डोमा जाक्न नमिल्ने बताएका छन्।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै देवले भने- प्रधानमन्त्रीलाई पार्टीभित्र समस्या भयो। पार्टीभित्र कसैले काम गर्न दिएन। त्यो तपाईंको पार्टीको समस्या हो। देशको समस्या होइन। संसदको समस्या होइन।
प्रधानमन्त्रीले कि त पार्टीभित्र बहुमत कायम गर्न सक्नुपर्थ्यो, कि त अल्पमतका परेपछि राजीनामा दिएर संसदीय दलको अर्को नेता बनाउन सक्नुपर्थ्यो भन्दै देवले आलोचना गरे।
'तपाईं पार्टीभित्र समस्यामा पर्ने तर संसद्लाई विघटन गर्ने? देशलाई खाल्डोमा जाकिदिने? दुनियाँमा देशभक्त, लोकतन्त्रवादी र अग्रमन चाहने र जनताको प्रतिनिधि हामी नै हौं भन्नेहरुले यस्तो काम गर्दैन', उनले भने।
उनले संविधानको धारा धाराले संसदको सर्वोच्चतालाई स्थापित गरेको बताए। 'प्रधानमन्त्रीको होइन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।