काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले राष्ट्रियसभामा प्रधानमन्त्री केपी शर्मा ओली सरकारले सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनलाई अनुमोदन गरी प्रतिनिधिसभा विघटन गर्नु गैरसंवैधानिक भएको बताएका छन्।
हिउँदे अधिवेशन शुरु भएको पहिलो दिन आफ्नो कुरा राख्दै कांग्रेस सांसद जितेन्द्र नारायाण देवले राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ र ८५ गलत रुपमा प्रयोग भएको दाबी गरे।
बहुमतप्राप्त दलको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने उनले बताए। संविधानको धारा १ देखि ७६ सम्म कहिँकतै प्रतिनिधिसभा विघटनको व्यवस्था नभएको बताए।
संविधान बनाउने समयमै राजनीतिक अस्थिरतालाई रोक्न यस्तो व्यवस्था गरिएको भन्दै उनले अहिले प्रधानमन्त्रीले गरेको प्रयोग गलत भएको दावी गरे। ‘देश पुरै गैर संवैधानिक छ भनिरहेको छ। संविधानको धारा ७६ र ८५ लाई बनाएर राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्ति हेर्दा यो गैरसंवैधानिक छ,’ उनले भने, 'आज प्रतिनिधिसभा पनि शुरु हुनुपर्थो। तर आज संघीय संसदको एक अङ्ग मृत्यु शय्यामा छ। दुई वटा सदनको संविधानमा कल्पना गरिएको छ। तर आज हामी राष्ट्रियसभाको मात्र बैठक भएको देखेका छन्। यो नेपाली राजनीतिक विशिष्ठ अवस्था हो। यो मात्र होइन यो नेपाली जनताको ठूलो त्याग र तपस्या बलिदानपछि प्राप्त भएको जनआन्दोलन,मधेश र जनयुद्धको एकीकृत उपलब्धि थियो। यो नै आज धरापमा पर्ने हो कि समाप्त हुने हो कि भन्ने लक्षणहरु देखा परको छन्।’
अग्रमनका लागि लडेका सबै यो कदमबाट चिन्तित भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।