फाइल तस्बिर
काठमाडौं- राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले नेकपा विभाजनको संघारमा पुग्नुको कारण कुनै सिद्धान्त नभई राजनीतिक कारण भएको बताएका छन्।
राष्ट्रियसभाको बैठकमा बोल्दै शर्माले यसले लोकतन्त्र कमजोर हुने बताए। पार्टीको आन्तरिक किचलोले प्रतिनिधिसभा सहिद भएको उनले बताए।
‘पार्टी विभाजन कुनै सिद्धान्तको आधार, विचारको र दर्शनको आधारमा विभाजित हुन गइरहेको छैन। राजनीतिक कारणले मात्र हुन गइरहेको छ,’ शर्माले भने।
उनले राष्ट्रियसभामा नयाँ सदस्यको रुपमा आएका वामदेव गौतमलाई स्वागत गर्दै एकताको सम्भवाना भए लाग्न आग्रह गरे।
‘समीकरणहरु छन् भने जोड्नका लागि प्रयासरत रहौं। राष्ट्रियसभामा उपस्थित वामदेव गौतमलाई मन परेको छैन,’ उनले भने, ‘वहाँलाई शुभकामना सफल होस्। यसका लागि प्रयत्न गर्नुहुनेछ। जुन देशमा लोकतान्त्रिक पार्टी बलिया हुन्छ देश र जनताका हित भएको छ। जुन ठाउँमा दलहरु विभाजित हुन्छन् लोकतन्त्र कमजोर भएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।