काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा जनप्रदर्शनमा गरेको छ। शुक्रबार भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको र्याली रत्नपार्क पुगिसकेको र अबको केही समयमा नै केन्द्रीय नेतृत्वले सम्बोधन गर्ने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए।
रत्नपार्कमा हुने विरोधसभालाई राप्रपा अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने राप्रपाले जनाएको छ।
प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको भन्दै राप्रपाले पुनर्स्थापना गर्नुपर्ने र ताजा जनादेशमा जानुपर्ने माग गर्दै आएको छ। यस्तै राजसंस्था र हिन्दू राष्ट्र कायम गर्न पनि राप्रपाको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।