• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३, २०८३ Sun, Jul 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

फिल्म हलभरमा एक जोडी दर्शक 

हलवाला भन्छन्– दर्शक नआए पनि बन्द गर्दैनाैैं
64x64
पुष्पा थपलिया शुक्रबार, पुस १७, २०७७  १४:५६
1140x725

काठमाडाैं- ‘रित्तो हलमा दुई जनाले मात्रै फिल्म हेरिने भइयो, त्यो पनि भूतको,’ बिहीबार दिउँसो साढे १२ बजेतिर राइजिङ मलस्थित क्युज सिनेमामा पुग्दा दुई युवायुवती फुस्फुसाउँदै थिए। सिनामंगलमा डेरा गरेर बस्ने उनीहरु घरमै बस्दा दिक्क लागेर फिल्म हेर्न आएका रहेछन्। ती युवाले भने, ‘नयाँ फिल्म त अचेल घरमै बसेर पनि हेर्न पाइन्छ नि! बाहिरको वातावरण नियालौं भनेर पो आएको त।’

क्युज सिनेमामा दुई नेपाली र दुई अंग्रेजी फिल्म चलेका छन्। नेपाली फिल्म हल बन्द हुनुअघि नै हेरिसकेका रहेछन्। अंग्रेजी फिल्म ‘दि इन्भिजिबल म्यान’ हेर्ने तरखर उनीहरूको रहेछ। एउटा मात्रै शो भएकाले उनीहरुले केही समय प्रतीक्षा गर्नुपरेको दुखेसो पोखे।

000

‘दि इन्भिजिबल म्यान’ नै हेर्न आएको अर्को जोडी भेटियो, सिभिल मलमा रहेको क्युएफएक्स सिनेमाज्-मा। सुरज र सुनिता नाम बताउने यो जोडी थानकोटदेखि फिल्म हेर्न आएको रहेछ। आफूहरु काममा व्यस्त भइरहने भएकाले बल्लतल्ल समय मिलाएर फिल्म हेर्न आएको उनीहरुले बताए। 

फिल्म हलमा आफूहरू दुई जना मात्रै रहेको जानकारी पाएपछि उनीहरुलाई अनौठो र रमाइलो दुवै अनुभूति भइरहेको थियो। ठट्यौलो पारामा आफ्नो अनुभूति सुनाए, ‘अरु कुरामा कहिल्यै पहिलो हुन नसके पनि फिल्मको टिकट काट्ने मामिलामा प्रथम भइयो।’ उनीहरुले टिकट काट्दासम्म अरु कसैले पनि टिकट लिएका थिएनन्। 

उनीहरु एकछिन यताउति टहलिए। फर्केर आउँदा केही अरुले पनि टिकट काटेको जानकारी गार्डबाट पाए। तर, फिल्म हेर्नेको संख्या दोहोरो अंक छुनेसम्म थिएन। 

पुस १० गते शुक्रबारदेखि नेपाल सरकारले अनुमति नदिए पनि मल्टिप्लेक्स हलहरू आफैं सञ्चालनमा छन्। अन्य क्षेत्र खुले पनि फिल्म क्षेत्र चलायमान हुन नसकेको भन्दै नेपाल चलचित्र संघले निर्णय गरेर हल खुलेका हुन्। हल खुले पनि दर्शक नआउँदा त्यहाँका कर्मचारी फुर्सदिला बनेका छन्। 

फिल्म चलिरहँदा टिकट दिन भ्याइनभ्याइ हुने सिटी सेन्टरस्थित बिग मुभिजको काउन्टर शून्य थियो। त्यहाँकी कर्मचारी किताब पढिरहेकी थिइन्। 

nimb
nimb
Ncell 2
Ncell 2

सिभिल मलमा रहेको क्युएफएक्स सिनेमाज्का व्यवस्थापक सुशील मानन्धरले दर्शकको उपस्थिति निकै न्युन रहेको बताए। क्रिसमस, न्यु इयर इभमा दर्शक हलमा आउने उनको अपेक्षा थियो। तर आएनन्। हल खुलेको दिन पुस १० गते क्युएफएक्समा ३३ प्रतिशत अकुपेन्सी थियो। तर, अहिले त्यो क्रम घट्दै गएको उनको भनाइ छ।

क्युएफएक्स सिनेमाज्का व्यवस्थापक सुशील मानन्धर

एउटा शोमा पाँचदेखि १० जना दर्शक आउने गरेको मानन्धरले बताए। यति संख्या आउनलाई पनि उनले सकारात्मक रुपमा लिएका छन्। भन्छन्, ‘हामी ९ महिनासम्म बन्द थियौं, त्यो बेलामा पनि हाम्रो खर्च उति नै थियो। अहिले पनि आम्दानी छैन तर पनि दुःखी छैनौं।’

आफूहरुले नतिजाको पूर्व अनुमान गरेर नै हल सञ्चालन गरेकाले एक जना मात्रै दर्शक आए पनि सो बन्द नगर्ने उनको भनाइ छ। उनले भने, ‘हामीले खुट्टा उचालिसकेका छौं। अब पाइला रोकिँदैन।’

राइजिङ मलमा रहेको क्युज सिनेमाज्-का सुपरभाइजर सुवास योगी पनि मानन्धरको भनाइमा समर्थन जनाउँछन्। ‘चलचित्र क्षेत्र पूर्ण रुपमा चलायमान हुन त अझै केही समय लाग्ला तर प्रयास भने जारी रहन्छ,’ उनको भनाइ छ। 

क्युज सिनेमाज्का सुपरभाइजर सुवास योगी

मनोरञ्जनको क्षेत्र मानसिक स्वास्थ्यका लागि आवश्यक भनिए पनि सरकारले बेवास्ता गरेको योगीको गुनासो छ। अहिलेको अवस्थामा हल खोल्नु नै सकारात्मक कुरा भएको भन्दै राम्रो फिल्म दिन सके दर्शकको लाम लाग्ने अपेक्षा उनले गरेका छन्। 

उनले भने, ‘दर्शकहरु दिनदिनै नयाँ फिल्म कहिले लाग्छ भनेर सोध्ने गर्नुहुन्छ। तर हामीसँग यसको जवाफ छैन। दर्शक फिल्म हेर्न तयार छन्, हल फिल्म देखाउन तयार छ तर देखाउनका लागि राम्रा फिल्म भएनन्।’ 

फिल्महरु होल्ड भएर बस्नुको सट्टा हलमा लगाउन पनि उनले आग्रह गरे। भने, ‘पहिले हलले फिल्म दिएन भन्नेहरु अहिले फिल्म देखाउ भन्दा पनि किन आउँदैनन्।’ 

लगानी सुरक्षित नहुने डरले निर्माताहरुले फिल्म नदिएका हुन्? भन्ने प्रश्नमा उनले भने, ‘पहिले पनि राम्रा फिल्म चल्थे। नराम्रा चल्थेनन्। चलेका फिल्मले करोड कमाउँथे। नचलेका फिल्मले लगानी डुबाउँथे। अहिले पनि हुने त त्यही हो।’ यस्तो अवस्थामा राम्रा फिल्मलाई भने दर्शकले माया गर्ने उनले ठोकुवा गरे।

यता सिटी सेन्टरमा रहेको बिग मुभिजका सुपरभाइजर समीर राजबाहक भने दोधारमा देखिए। यस्तै पाराले धेरै दिन हल चलाउन नसकिने बताउँदै उनले भने, ‘हेर्दै जाउँ, समयले कता लैजान्छ।’ 

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान भने दर्शक हलमा नआए पनि आशावादी देखिएका छन्। माघ महिनादेखि नयाँ फिल्म लाग्ने र हल तात्ने उनको बुझाइ छ।

सुरुमा कम बजेटमा बनेका नयाँ फिल्मले बजारमा ‘हल खुल्यो है’ भन्ने जानकारी गए मात्रै पनि आधा मनोरञ्जन क्षेत्र चलायमान हुने पनि उनले बताए। 

धेरै बजेटमा बनेका बहुप्रतिक्षित फिल्मका लागि अझै केही समय कुर्नुपर्ने उनको भनाइ छ। भने, ‘व्यापारमा सेक्युरिटी सबैले खोज्छ, उनीहरुले पनि खोज्नु स्वाभाविक हो।’

आफैंले सबै घाटा बेहोर्न नसक्ने भएकाले पनि तुरुन्तै ठूला ब्यानरका फिल्म हलमा चलाउन नसकेको उनले बताए। भने, ‘हलवालाले केही समय घाटाको व्यापार गर्दा चलचित्र क्षेत्र केही हदसम्म खुल्छ भने हामी जोखिम मोल्न तयार छौं भनेर नै हामीले हल खोलेका हौं।’ 

देशभर १ सय ९० फिल्म हल छन्। जसमा चाबहिलमा रहेको गोपीकृष्ण मुभिज्, बालाजुमा रहेको गंगा सिनेमा हल, कोटेश्वरमा रहेके पुष्पाञ्जली सिनेमा हल र अध्यक्ष प्रधान स्वयंको बौद्धमा अवस्थित सिद्धार्थ सिनेमा मर्मतसम्भारका लागि बन्द छन्। 

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
लागुऔषध कारोबारी समात्न कुलेश्वरमा प्रहरीले गोली चलायो आइतबार, साउन ३, २०८३
किन बन्द भयो फेसबूक? आइतबार, साउन ३, २०८३
बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो : ओली आइतबार, साउन ३, २०८३
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाइदिन संसदीय समितिको आग्रह आइतबार, साउन ३, २०८३
सुनचाँदीको मूल्य वृद्धि आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह शनिबार, साउन २, २०८३
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ शनिबार, साउन २, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार आइतबार, साउन ३, २०८३
सर्पको टोकाइबाट कसरी जोगिने? टोकिहालेमा के गर्ने? शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्