काठमाडौं- नेकपाका उपाध्यक्ष वामदेव गौतम शुक्रबारको राष्ट्रिय सभा बैठकमा सहभागी हुने भएका छन्। शुक्रबार अपराह्न ४ बजेका लागि सभाको बैठक आह्वान गरिएको छ।
'उहाँ बैठकमा सहभागी हुनुहुनेछ', गौतमका स्वकीय सचिव दीपक टमाटाले नेपाल लाइभसँग भने।
२०४८ पछिका ६ वटा आमचुनावमध्ये गौतम तीनमा विजयी र तीनमा पराजित भएका छन्। २०७४ सालको प्रतिनिधि सभा चुनावमा पराजित भएका गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए।
गौतमले असोज १ गते राष्ट्रिय सभा सदस्यको रुपमा सपथ लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।