काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजारमा पहिलो पटक न्युनतम १०९ रुपैयाँ र अधिकतम ३२८ रुपैयाँबाट कारोबार खुला हुने भएको छ। कम्पनीले पुस १६ गते नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचीकृत गरेको थियो।
कम्पनीले नेप्सेमा २ करोड कित्ता प्राथमिक शेयर सूचीकृत गरेको छ। कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारण समूहतर्फको ६० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो।
कम्पनीले पुस ९ गते बाँडफाँड गरेको थियो। लगानीकर्ताले आइतबादेखि नेपाल स्टक एक्सचेन्जबाट कारोबार गर्न सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।