• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘झनै जोश बोकेर आउँछु’

64x64
सराेज तामाङ बिहीबार, पुस १६, २०७७  १४:००
1140x725

काठमाडौं- खेलाडी जीवनमा चोटले धेरैलाई सधैँका लागि मैदानबाट बाहिर बनायो। सकिएको खेल जीवनले उसैगरी रित्यायो पनि। कतिले बीचैमा चटक्कै खेल छोडेर गए कति खेलमै फर्किने संघर्ष गरिरहे। बारम्बार चोटग्रस्त भएर पनि टिममा फर्किएका र फर्किने प्रयास गरिरहेका खेलाडीमध्येका एक हुन् फुटबलर बिक्रम लामा। 

  • २०१८ मा धरानमा भएको २० औं बुढासुब्बा गोल्डकपमा विक्रमको दाहिने खुट्टा दुई ठाउँमा भाँचियो। तत्काल उपचारको लागि उनलाई काठमाडौं ल्याइयो। लामो समयको उपचारपछि उनी मैदानमा फर्किए। तर फेरि उनी चोटग्रस्त भए। अब केही दिनमै उपचारको लागि कतार जाँदै छन्।
  • प्रकाश बुढाथोकी १२ औं सागका स्टार खेलाडी हुन्। भारतविरुद्ध शनसनीपूर्ण फ्रिकिक गोल। त्यसैले उनी सारा नेपालीको ढुकढुकी बने। तर २०१६ मा भएको एएफसी सोलिडारीटी कपको तयारीकै क्रममा उनी घाइते भए। त्यसपछि सबैको ओझलमा परे।
  • रबिन श्रेष्ठ राष्ट्रिय टिमका अब्बल खेलाडी हुन्। जसले मैदानमा रहँदा टिमका लागि उत्कृष्ट प्रदर्शन गरिरहे। तर उनी २०१७ मार्चमा भएको एएफसी एसिया कपको छनोटमा फिलिपिन्सविरुद्धको खेलमा थला परे। ‘इयर बल’ लाई रोक्ने क्रममा उनको दाहिने खुट्टामा चोट लागेको थियो। त्यसपछि फुटबलमा फर्किने प्रयत्न गर्दा गर्दै वर्षहरु बितिरहे।
  • करिब एक वर्षदेखि मैदानबाहिर रहेका बिमल घर्तीमगर गत पुष १ गते गम्भीर घाइते भए। विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गत चाइनिज ताइपेई र अस्ट्रेलियाविरुद्धको खेलका लागि मध्यनजर गर्दै थालेको अभ्यासकै दौरानमा बिमलको ‘लिगामेन्ट’ च्यातियो।

प्राय खेलकुदमा भन्ने गरिन्छ, ‘नो पेन, नो गेन’। यसको अर्थ खेलप्रतिको मेहनतसँग जोडिएको भए पनि पछिल्लो समय चोटको पीडाले खेलाडीको खेल जीवनमा कठीन अवस्था आइपरिरहेका छन्। 

सपना प्राप्तिकै दौरानमा, उद्देश्यकै यात्रामा कैयौं यस्ता अँध्यारो दिनहरु बनिदिन्छ। धेरैको खेल जीवन त्यहीँ सकिन्छ। कति संघर्ष गरेर बाहिर निस्किन्छन्। फुटबलमा यस्ता धेरै खेलाडी छन्। जसको खेल जीवन घाइतेपछि समाप्तै भएका छन्। जोखिम उतिकै, डर उस्तै। खेल हेर्दा जति रमाइलो लाग्छ, त्यसभित्र लुकेका दुःख अनेक, परिश्रम अथक। दुःख र परिश्रमको समिश्रणले दिलाउने सफलता पाएपछि देखिने जस्तो सहज हुँदैन। 

सफलताभित्र संघर्षको कथा लुकेको हुन्छ भने असफलताभित्र दुःख र नयाँ ज्ञानका भोगाइहरु। विक्रम, बिमल, प्रकाश, रविन गम्भीर चोट लागेर खेलमा फर्किने प्रयास गरिरहेका खेलाडी हुन्। सविन्द्र श्रेष्ठ, निराजन मल्ल लगायतका धेरै छन् जो प्रतिभावान थिए तर चोटपछि पाइलै मोडियो। 

अहिले चोटमा रहेका विक्रम भने आफू पुनः मैदान फर्कने विश्वासमा दृढ छन्। विक्रम लामा नेपाली फुटबलका उम्दा खेलाडी हुन्। मैदानमा उनको प्रभाव देखिने गरी नै दर्शकले महसुस गर्छन्। सन् २०१८ सालमा भएको बुढासुब्बा गोल्डकपमा विक्रमको दाहिने खुट्टा दुई ठाउँमा भाँचियो। जिन्दगीकै कालो दिन र पीडादायी पल उनको लागि बिर्साउन मुस्किल भइरहेको छ। 

रड निकाल्नु छ
विक्रम अहिले घरैमा बसिरहेका छन्। केही दिनमै उपचारको लागि कतार जाने निश्चित भइसकेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल संघबीचको सम्झौता अनुसार विक्रम र विमल उपचारको लागि जाँदै छन्। उपचार कतार फुटबल संघको सहयोगमा हुनेछ। 

Ncell 2
Ncell 2

सफलतामा बढिरहेका खेलाडीलाई असफल बनाइदिने कारण पनि हो चोट। तर विक्रम भने पहिलेकै जस्तो सामान्य खेलाडी जीवनमा पर्किने प्रयास गरिरहेका छन्। त्यही हिम्मतले विक्रमको आत्मबल बढिरहेको छ। ‘बल्झिने भन्दा पनि मेरो खुट्टाभित्र रड, नट, पेजहरु छ। अस्तिको खेलमा ठोक्किएर बढि दुख्यो। त्यो रड, नटहरु निकाल्नु पर्नेछ। त्यो निकालेपछि पहिलेको जस्तै नर्मल हुन्छ’, आशावादी हुँदै विक्रम सुनाउँछन्।

गएको कातिक २८ गते बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा विक्रम घाइते हुन पुगेका थिए। खेलको सुरुमै बंगलादेशी खेलाडीसँग ठोक्किन पुग्दा पहिलेकै ठाउँमा निकै दुखाइ भएको थियो। पहिलो हाफकै अन्तिम समयतिर फेरि उनी विपक्षी टिमका खेलाडीसँग ठोक्किन पुगे। यो पटक भने उनलाई सहनै नसक्ने गरी पीडा भयो। तत्काल मैदानबाट निस्किए। त्यसपछि करिब ९–१० दिनसम्म उनको खुट्टा दुःखी रह्यो। तर अहिले भने सामान्य भइसकेको छ।

उपचारपछि विक्रमले करिब ५ वर्षपछि २०७५ सालमा भएको सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए। त्यो बेला विक्रमले उत्कृष्ट पुनरामगन गरे। सबैले सोचेका थिएनन् विक्रम चोटपछि पनि यसरी फिट हुन्छन् र राम्रो खेल्न सक्छन्। 

यसअघिसम्म राम्रो खेल्दै आएका विक्रमको बंगलादेशकै खेलमा चाहिँ किन पुरानो चोट बल्झियो? विक्रम भन्छन्, ‘धेरै समयपछि खेल्दा त्यस्तो भएको हुन सक्छ। कोरोना भाइरसको कारण लामो समय बसेर छोटो अभ्यासपछि बंगलादेशसँग खेल खेलेका थियौं। त्यही भएर पनि हुन सक्छ। दुई वर्षको अन्तरालमा पनि पुरानै चोटले दुःख दिन थालिसकेको थियो।’

थ्रीस्टार क्लबका अनुसार त्यो बेला विक्रमको उपचारमा १२ लाख रुपैयाँभन्दा बढि खर्च भएको थियो। भाँचिएको हड्डी र मांशपेशीलाई ठीक ठाउँमा ल्याउन र सहज बनाउनको लागि रड, नट र पेजहरु राखिएको थियो। अब त्यो सबै निकाल्नु पर्ने विक्रम बताउँछन्। 

झनै जोश लिएर आउँछु
शल्यक्रियापछि पनि विक्रम करिब २–३ महिना मैदान बाहिर नै रहने छन्। त्यसपछि उनीले विस्तारै मैदानमा सामान्य अभ्यास गर्न सक्नेछन्।

उपचारको लागि कतारमा यति दिन नै बस्नु पर्छ भन्ने टुंगो त लागि सकेको छैन। तर लामै समय विक्रम कतारमा रहने छन्। उपचारपछि मैदानमा कत्तिको छिटो फर्किने त्यो खेलाडीमै भर पर्ने कुरा पनि हो। आफ्नो चोटलाई कतिको चाँडो ठीक गर्न सक्यो। पहिलेकै स्थितिमा ल्याउन कत्तिको मेहेनत गर्यो भन्ने कुरा विक्रममै भर पर्नेछ। 

तर निको भए पश्चात भने विक्रम आफू पहिलेको भन्दा प्रभावशाली बनेर आउने उनमा जोश छ। यो जोश र आत्मबलले नै उनलाई चोटमुक्त बनाउन मद्दत पक्कै गर्नेछ। 

‘पहिले निको भएपश्चात जुन तरिकाले पुनरागमन गरेको थिए। त्यो भन्दा पनि राम्रो पुनरागमन राष्ट्रिय टिममा गर्ने लक्ष्यमा छु’, उनी थप्छन्, ‘एन्फा र सरकारले मलाई जुन हिसाबमा लगानी गरेको छ। त्यसलाई न्याय दिनका लागि पनि मैले राम्रो खेल्नै पर्छ। त्यसकारण म अझै जोश बोकेर आउँछु।’

खेलाडीहरु जति मैदानमा परिश्रम गर्छन्। अब झन् डटेर खेल्ने वातावरण भएको उनको बुझाइ छ। अब चाहिँ उनलाई सुरक्षित छौं भन्ने भान भएको छ। ‘हामी मैदानमा जति खेल्छौं। अब चाहिँ सुरक्षित छौं भन्ने आभास भएको छ। हाम्रो अभिभावक एन्फाले हामी घाइते हुँदा उपचार गरिदिन्छ। पुरानै लयमा फर्किन सकिन्छ भन्ने कुरा देखाइदिएको छ। एन्फाप्रति धन्यबाद भन्न चाहन्छु’, बिक्रमले भने।

नेपालले अझै विश्वकप छनोटको दोस्रो चरणमा घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ। कोरोना भाइरसको कारण प्रभावित भएको छनोटमा नेपालले चैत १२ मा चाइनिज ताइपेईसँग, १७ गते अस्ट्रेलियाविरुद्ध दशरथ रंगशालामा खेल्दैछ। नेपालले जेठ २४ गते जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ।

जोर्डनसँग खेल्ने समय अझै निकै भए पनि चाइनिज ताइपेई र अस्ट्रेलियाविरुद्धको खेलमा भने विक्रम मैदान बाहिर नै हुने छन्। पछिल्लो समय मिडफिल्ड छोडेर डिफेन्समा केन्द्रित रहेका विक्रम भन्छन्, ‘मैले मेहेनत गर्दा अवश्य खेल्न पाइहाल्छु। घरेलु मैदानमा कुनै न कुनै खेल होला भनेर चिक्त बुझाइरहेको छु। नत्र एक खेलाडीलाई आफ्नै मैदानमा ठूलो प्रतियोगिता हुँदा आफू चाहिँ बाहिर रहँदा जतिको नरमाइलो अरु के होला र?’

खेल्ने इच्छा हुँदा हुँदै पनि उपचारको विकल्प नरहेपछि विक्रमको घरेलु मैदानमा ठूला टिमविरुद्ध खेल्ने सपना पनि अधुरै हुने भयो। तर उपचारपछि झनै क्षमतावान भएर राष्ट्रिय टिममा पुनरागमन गर्ने विक्रमले विश्वास देखाएका छन्। 

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्