काठमाडौं–डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले नाडेप लघुवित्त वित्तिय संस्थालाई प्राप्ति गर्ने भएको छ। डिप्रोक्सले नाडेपलाई प्राप्ति गर्ने समझदारीपत्रमा दुवै संस्थाका अध्यक्षबीच पुस १५ मा हस्ताक्षर भएको हो। समझदारीपत्रमा नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्य र डिप्रोक्सका अध्यक्ष दीपक खनालले हस्ताक्षर गरेका हुन्।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ भने नाडेपको ४० करोड ४८ लाख रुपैयाँ रहेको छ। यदि बराबरी हैसियतमा मर्जर भएमा डिप्रोक्सको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ पुग्ने छ।
हाल डिप्रोक्सको शाखा सञ्जाल ७१ जिल्लामा छ भने नाडेपको ४६ जिल्लामा पुगेको छ। डिप्रोक्सको शाखा कार्यालय १२३ वटा रहेको छ भने नाडेपको ७८ वटा रहेको छ। यदि बराबरी हैसियतमा मर्जर भएका खण्डमा डिप्रोक्स पूँजीका हिसाबले तेस्रो ठूलो संस्था बन्ने छ। लघुवित्तहरु मध्ये यो अहिलेसम्मकै ठूलो मर्जर हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।