काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) संसद पुनःस्थापनाको सम्भावना नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी, प्रचण्डसँगका सम्झौताले ब्रिफकेस नै भरिएको उल्लेख, अध्यक्ष पद छोडिदिने भन्दै चुनावमा आउन प्रचण्डलाई आग्रह
२) बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई प्रचण्ड–नेपाल पक्षको कारबाही, संसदीय दलको नेताबाट हटाइयो, मुख्यमन्त्रीले ३० प्रदेश सभा सदस्यलाई सोधेको स्पष्टीकरणको एकमुष्ट जवाफ दिइने
३) विद्युत माग घटे पनि काठमाडौंमा अघोषित लोडसेडिङ, काठमाडौंमा विद्युत माग घटे पनि तराईमा चोरी बढ्दा भारतबाट आयातित बिजुली दैनिक १७० मेगावाटसम्म बढ्यो
४) अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोना भाइरसविरुद्ध बनाएको अर्को खोपलाई बेलायतमा प्रयोगका लागि अनुमति, धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा
५) र, दाङको देउखुरीमा जारी प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध वागमतीको ६५ रनको जित, एक खेल अगावै प्रदेश १ सेमिफाइनलमा
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।