काठमाडौं- नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले एक वर्षमा एक करोड ६२ लाख ३४ हजार रुपैयाँको तलब तथा भत्ता बुझेका छन्। शाहले गत आर्थिक वर्ष २०७६/७७ मा तलब मात्रै एक करोड ४९ लाख रुपैयाँ बुझेका छन्।
शाहको तलबभत्ता अघिल्लो आर्थिक वर्षको भन्दा घटेको छ। शाहले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत एक करोड ९८ लाख रुपैयाँ बुझेका थिए। उनको तलबमा बैंकले कटौती गरेको हो।
बैंकको सञ्चालक समितिले गत वर्ष ५४ लाख ७६ हजार रुपैयाँ बुझेका छन्। सञ्चालकहरुले मिटिङ भत्ता बापत २७ लाख ५९ हजार रुपैयाँ बुझेका छन् भने अन्य खर्च बापत २७ लाख १६ हजार रुपैयाँ बुझेका छन्। बैंकको सञ्चालक समितिको खर्च पनि अघिल्लो आर्थिक वर्षको भन्दा घटेको छ। अघिल्लो आर्थिक वर्षमा ७० लाख रुपैयाँ खर्च भएको थियो।
बैंकले सेयरधनीहरुका लागि भने ३३.५० प्रतिशत बोनस सेयर दिने भएको छ। बैंकले पुस २९ गते ३६ औ वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले लाभांश पारित गरेपछि सेयरधनीले प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।