• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
न फेरिए राजनीतिक पार्टीका नारा, न फेरियो आन्दोलनको पारा
64x64
डिबी खड्का बुधबार, पुस १५, २०७७  १४:१७
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाका पुष्पकमल दाहाल 'प्रचण्ड'-माधव नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत आन्दोलनमा छन्। चर्काचर्का नारा लगाइरहेका छन्।

पछिल्लो हप्ता चर्किएका राजनीतिक पार्टीहरुको आन्दोलन पछ्याउँदा भन्न सकिन्छ- उनीहरुको आन्दोलनको न नारा बदलिएका छन्, न उनीहरुको आन्दोलन गर्ने पारा फेरिएको छ।

मंगलबार प्रचण्ड-नेपालले गरेको शक्ति प्रदर्शनका क्रममा सडकमा लागेका कतिपय नाराहरु अश्लील, स्त्रीद्वेषी, असभ्य खालका थिए। जसप्रति सामाजिक सञ्जालमा बहस पनि भएका छन्। लेखक, विश्लेषकहरुले आपत्ति जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै अनुमोदन गरिदिँदा दुवैको आलोचना भइरहेको छ। कैयौं नेताहरुले प्रतिगमन भन्ने गरेको यो कदममा यी दुवै पात्र हिस्सेदार छन्। उनीहरुमाथि प्रश्न उठाउनु आन्दोलनकारीको धर्म नै होला। तर सडकमा उनीहरुमाथि प्रश्न मात्रै उठाइएन, चरित्रलाई लिएर सडकमा नारा (गाली) घन्किए। त्यस्तै मध्येको एउटा नारा थियो-

विद्या तेरो सिन्दुर खोई?
केपी ओली तेरो …

अर्को नाराः
संसद् विघटन धोका हो
केपी ‌ओली …  हो

नेपाली शब्दकोष अनुसार नारा भनेको कुनै संस्था तथा व्यक्तिहरुले आफूले गरेका माग तथा अँगालेको विचार सिद्धान्त आदिको सार्वजनिक प्रचारका लागि गरेको उद्घोष हो। तर, अहिले सडकमा व्यक्त भइरहेका नाराले याे शब्दकै हुर्मत लिइरहेका छन्। यसले गर्दा आन्दोलनमा ऐक्यबद्धता जनाएकाहरुले पनि मन कुँडाउनुपर्ने स्थिति बनेको छ।

के नारा लगाउने समूहले अँगालेको सिद्धान्त यही हो? के आन्दोलनकारी समूह वा दलले गरेको उद्घोष यही हो? उनीहरुले खोजेको समाजले व्यक्त गर्ने भाषा यही हो? होइन भने, नारा किन यस्तो बनिरहेको छ?

Ncell 2
Ncell 2

आज कुनै अमुक दल सडकमा छ, अर्को समूह सत्तामा छ। यी दृष्य फेरिरहन्छन्। उदाहरणका लागि आज प्रचण्ड र नेपाल ब्यानर समातेर एकसाथ हिँडिरहेका छन्। उनीहरुका प्रदर्शनकारीले नारा लगाइरहेका छन्। हिजो माधवविरुद्ध प्रचण्ड र प्रचण्डविरुद्ध माधव र उनीहरुका कार्यकर्ता यसैगरी देखिएकै हुन्।

दृष्यमा अनुहारहरु फेरिरहन्छन्। तर उनीहरुले दिने नारा कहिल्यै फेरिएन। हालसालै नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा प्रचण्ड-माधव समूहले निकालेको जुलुसमा सुनिएको एउटा साझा थियोः

आर्यघाटले के भन्छ 
केपी ओली ले भन्छ

यो गाली नेपाली आन्दोलनकारीका मुखबाट सुनिन थालेको कति दशक बित्यो होला? देशमा राजनीतिक, सामाजिक र प्राविधिक परिवर्तनले कति धेरै फड्को मारिसक्यो, तर यी नारा लगाउनेहरुका नारा र पारा उहीँ छन्। उहिले वीरेन्द्रले स्थानमा पाएको नारामा नाम फेरिँदैफेरिँदै आज केपी ओलीले प्रतिस्थापना गरेका छन्। तर सूत्र र स्वरुप उही छ।

सडकमा जस्तो पनि नारा लाग्न सक्छन् भनेर नेताहरु टकटकिन मिल्दैन। किनभने यी नारा लगाउनेहरु त्यो पार्टीका कुनै न कुनै तहका नेता हुन्। उनीहरुलाई एक त यिनै नेताले संस्कार सिकाउन सकेनन्। अर्को, कस्तो सोच भएको व्यक्ति राजनीतिको मूल प्रवाहमा प्रवेश गरिरहेको छ? भन्ने पनि यसले दर्शाउँछ। 

यी नारा त मानवद्वेषी नै भए। यस बाहेकका नारामा पनि कुनै पनि नयाँपन थिएन। हाल चलिरहेका सवैजसो आन्दोलनमा सुनिने अर्को नारा हो :

केपी तेरो पाराले 
दु:ख पाए साराले 

सारा नेपालीले दु:ख पाउनुको एक पात्र ओली होलान्। सत्‍य हो वर्तमान परिस्थितिका उनी कारक हुन्। तर नेपालीका यी दु:खका कारण अहिले नारा लगाइरहेका सबै दल हुन्। सबैजसो शीर्ष नेताहरु हुन्। 

अर्कोलाई तिम्रो पाराले दु:ख पाएको बताइरहेका उनीहरु आफ्नो पाराले अरुले पाएको दु:ख देखिरहेका थिएनन्। उनीहरुले आन्दोलन गरेर राजधानीको यातायात अस्तव्यस्त पार्दा कतिले दु:ख पाए होलान्? यसलाई महसुस गर्न सकेनन्।

आन्दोलनका उही बासी र सडेगलेका तौरतरिका हेर्दा लाग्छ-नेपालका राजनीतिक दलका नेताहरुको सिर्जनशीलतासँग गोरु बेचेको साइनोसमेत छैन। आफ्ना कुरा सुनाउन सडकमै आउनुपर्ने समय गएको धेरै वर्ष भइसक्यो। सडकमै आए पनि अरुलाई दु:ख नदिई विरोध गर्ने तरिका विदेशमा मात्रै होइन, नेपालमै पनि अपनाउन थालिएको कति वर्ष बितिसक्यो। तर उनीहरु अझै 'नआए देख्लास् र पख्लास्' भन्दै उर्दी जारी गरेर गाउँगाउँबाट ल्याइएका कार्यकर्तालाई सडकमा उतार्नै व्यस्त छन्। आफ्ना कुरा कर्कस आवाजमा ढ्यांग्रे माइकबाट सुनाउनै व्यस्त छन्।

उनीहरुले सडकमा लाउड स्पिकर लगाएर कतिलाई सुनाउन सक्लान् वा सके? १० हजार। तर त्यसैको फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण लाखौंले हेरे–सुनेका छन्। कुन बढी प्रभावकारी? सही कुरा प्रभावकारी ढंगले राख्नका लागि सडक अनिवार्य सर्त होइन।

यतिबेला त्यही कदमविरुद्ध 'बृहत् नागरिक आन्दोलन' भइरहेको छ। उनीहरुबाट सिके पनि हुन्छ, विरोध गर्ने तरिका। विरोध भनेको विचार हो। त्यसअघि 'इनफ इज इनफ'ले गरेको आन्दोलन हेरे पनि हुन्छ। उनीहरुले बोकेका पम्प्लेटमा लेखिएका नाराको खुबै प्रशंसा भएका थिए। पुराना नेताले नयाँ पुस्ताबाट सिक्न किन लाज मान्नु?

समाजका अन्य तह र तप्काले परिवर्तनको गति पक्डेका छन्। समयको माग अनुसरण गरेका छन्। जसले देश परिवर्तनको हाँक दिइरहेका हुन्छन्, उनीहरुले न नारा परिवर्तन गर्न सके, न पारा। न आफ्ना पर्चा बदल्न सके, न विरोधको गर्ने प्रथा।

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइ... बुधबार, असोज २२, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्