• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न फेरिए राजनीतिक पार्टीका नारा, न फेरियो आन्दोलनको पारा

64x64
डिबी खड्का बुधबार, पुस १५, २०७७  १४:१७
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाका पुष्पकमल दाहाल 'प्रचण्ड'-माधव नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत आन्दोलनमा छन्। चर्काचर्का नारा लगाइरहेका छन्।

पछिल्लो हप्ता चर्किएका राजनीतिक पार्टीहरुको आन्दोलन पछ्याउँदा भन्न सकिन्छ- उनीहरुको आन्दोलनको न नारा बदलिएका छन्, न उनीहरुको आन्दोलन गर्ने पारा फेरिएको छ।

मंगलबार प्रचण्ड-नेपालले गरेको शक्ति प्रदर्शनका क्रममा सडकमा लागेका कतिपय नाराहरु अश्लील, स्त्रीद्वेषी, असभ्य खालका थिए। जसप्रति सामाजिक सञ्जालमा बहस पनि भएका छन्। लेखक, विश्लेषकहरुले आपत्ति जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै अनुमोदन गरिदिँदा दुवैको आलोचना भइरहेको छ। कैयौं नेताहरुले प्रतिगमन भन्ने गरेको यो कदममा यी दुवै पात्र हिस्सेदार छन्। उनीहरुमाथि प्रश्न उठाउनु आन्दोलनकारीको धर्म नै होला। तर सडकमा उनीहरुमाथि प्रश्न मात्रै उठाइएन, चरित्रलाई लिएर सडकमा नारा (गाली) घन्किए। त्यस्तै मध्येको एउटा नारा थियो-

विद्या तेरो सिन्दुर खोई?
केपी ओली तेरो …

अर्को नाराः
संसद् विघटन धोका हो
केपी ‌ओली …  हो

नेपाली शब्दकोष अनुसार नारा भनेको कुनै संस्था तथा व्यक्तिहरुले आफूले गरेका माग तथा अँगालेको विचार सिद्धान्त आदिको सार्वजनिक प्रचारका लागि गरेको उद्घोष हो। तर, अहिले सडकमा व्यक्त भइरहेका नाराले याे शब्दकै हुर्मत लिइरहेका छन्। यसले गर्दा आन्दोलनमा ऐक्यबद्धता जनाएकाहरुले पनि मन कुँडाउनुपर्ने स्थिति बनेको छ।

के नारा लगाउने समूहले अँगालेको सिद्धान्त यही हो? के आन्दोलनकारी समूह वा दलले गरेको उद्घोष यही हो? उनीहरुले खोजेको समाजले व्यक्त गर्ने भाषा यही हो? होइन भने, नारा किन यस्तो बनिरहेको छ?

Ncell 2
Ncell 2
nimb
nimb

आज कुनै अमुक दल सडकमा छ, अर्को समूह सत्तामा छ। यी दृष्य फेरिरहन्छन्। उदाहरणका लागि आज प्रचण्ड र नेपाल ब्यानर समातेर एकसाथ हिँडिरहेका छन्। उनीहरुका प्रदर्शनकारीले नारा लगाइरहेका छन्। हिजो माधवविरुद्ध प्रचण्ड र प्रचण्डविरुद्ध माधव र उनीहरुका कार्यकर्ता यसैगरी देखिएकै हुन्।

दृष्यमा अनुहारहरु फेरिरहन्छन्। तर उनीहरुले दिने नारा कहिल्यै फेरिएन। हालसालै नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा प्रचण्ड-माधव समूहले निकालेको जुलुसमा सुनिएको एउटा साझा थियोः

आर्यघाटले के भन्छ 
केपी ओली ले भन्छ

यो गाली नेपाली आन्दोलनकारीका मुखबाट सुनिन थालेको कति दशक बित्यो होला? देशमा राजनीतिक, सामाजिक र प्राविधिक परिवर्तनले कति धेरै फड्को मारिसक्यो, तर यी नारा लगाउनेहरुका नारा र पारा उहीँ छन्। उहिले वीरेन्द्रले स्थानमा पाएको नारामा नाम फेरिँदैफेरिँदै आज केपी ओलीले प्रतिस्थापना गरेका छन्। तर सूत्र र स्वरुप उही छ।

सडकमा जस्तो पनि नारा लाग्न सक्छन् भनेर नेताहरु टकटकिन मिल्दैन। किनभने यी नारा लगाउनेहरु त्यो पार्टीका कुनै न कुनै तहका नेता हुन्। उनीहरुलाई एक त यिनै नेताले संस्कार सिकाउन सकेनन्। अर्को, कस्तो सोच भएको व्यक्ति राजनीतिको मूल प्रवाहमा प्रवेश गरिरहेको छ? भन्ने पनि यसले दर्शाउँछ। 

यी नारा त मानवद्वेषी नै भए। यस बाहेकका नारामा पनि कुनै पनि नयाँपन थिएन। हाल चलिरहेका सवैजसो आन्दोलनमा सुनिने अर्को नारा हो :

केपी तेरो पाराले 
दु:ख पाए साराले 

सारा नेपालीले दु:ख पाउनुको एक पात्र ओली होलान्। सत्‍य हो वर्तमान परिस्थितिका उनी कारक हुन्। तर नेपालीका यी दु:खका कारण अहिले नारा लगाइरहेका सबै दल हुन्। सबैजसो शीर्ष नेताहरु हुन्। 

अर्कोलाई तिम्रो पाराले दु:ख पाएको बताइरहेका उनीहरु आफ्नो पाराले अरुले पाएको दु:ख देखिरहेका थिएनन्। उनीहरुले आन्दोलन गरेर राजधानीको यातायात अस्तव्यस्त पार्दा कतिले दु:ख पाए होलान्? यसलाई महसुस गर्न सकेनन्।

आन्दोलनका उही बासी र सडेगलेका तौरतरिका हेर्दा लाग्छ-नेपालका राजनीतिक दलका नेताहरुको सिर्जनशीलतासँग गोरु बेचेको साइनोसमेत छैन। आफ्ना कुरा सुनाउन सडकमै आउनुपर्ने समय गएको धेरै वर्ष भइसक्यो। सडकमै आए पनि अरुलाई दु:ख नदिई विरोध गर्ने तरिका विदेशमा मात्रै होइन, नेपालमै पनि अपनाउन थालिएको कति वर्ष बितिसक्यो। तर उनीहरु अझै 'नआए देख्लास् र पख्लास्' भन्दै उर्दी जारी गरेर गाउँगाउँबाट ल्याइएका कार्यकर्तालाई सडकमा उतार्नै व्यस्त छन्। आफ्ना कुरा कर्कस आवाजमा ढ्यांग्रे माइकबाट सुनाउनै व्यस्त छन्।

उनीहरुले सडकमा लाउड स्पिकर लगाएर कतिलाई सुनाउन सक्लान् वा सके? १० हजार। तर त्यसैको फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण लाखौंले हेरे–सुनेका छन्। कुन बढी प्रभावकारी? सही कुरा प्रभावकारी ढंगले राख्नका लागि सडक अनिवार्य सर्त होइन।

यतिबेला त्यही कदमविरुद्ध 'बृहत् नागरिक आन्दोलन' भइरहेको छ। उनीहरुबाट सिके पनि हुन्छ, विरोध गर्ने तरिका। विरोध भनेको विचार हो। त्यसअघि 'इनफ इज इनफ'ले गरेको आन्दोलन हेरे पनि हुन्छ। उनीहरुले बोकेका पम्प्लेटमा लेखिएका नाराको खुबै प्रशंसा भएका थिए। पुराना नेताले नयाँ पुस्ताबाट सिक्न किन लाज मान्नु?

समाजका अन्य तह र तप्काले परिवर्तनको गति पक्डेका छन्। समयको माग अनुसरण गरेका छन्। जसले देश परिवर्तनको हाँक दिइरहेका हुन्छन्, उनीहरुले न नारा परिवर्तन गर्न सके, न पारा। न आफ्ना पर्चा बदल्न सके, न विरोधको गर्ने प्रथा।

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्