काठमाडौं–भगवान र मान्छेबीचको भिन्नताको कथामा फिल्म ‘गणपति’ बन्ने भएको छ। निर्माण टोलीले मंगलबार एक कार्यक्रम आयोजना गर्दै माघ २ गतेबाट फिल्मको छायाँकन सुरु गरिने जनाएको हो।
सविन अधिकारीको निर्देशन रहने फिल्ममा संवाद, कथा र पटकथा पनि अधिकारीकै छ ।
फिल्ममा मुकुन भुषाल, मेनुका प्रधान, जयनन्द लामा, देवेन्द्र बब्लु, राजाराम पौडेल, सुर्यमाला खनाललगायतको अभिनय रहनेछ।
अ बिग म्यान फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मलाई लक्ष्मण थापा, विज्ञान लोहनी र अरविन्द गिरीले निर्माण गर्न लागेका हुन् भने वितरणको जिम्मा गोविन्द शाहीले लिएका छन्।
फिल्ममा लाग्ने बजेट भने सार्वजनिक गरिएको छैन। परिस्थितिअनुसार लाग्ने खर्च जुटाउँदै अन्त्यमा मात्रै यसबारे बताउन सकिने फिल्मका एक कलाकार देबेन्द्र बब्लुले जानकारी दिए।
नाम सुन्दा धार्मिक लागे पनि यसले कुनैपनि धर्मलाई पक्षपात नगर्ने बब्लुको भनाइ छ। साथै भगवान र मान्छेबीचको फरकको कुरा गर्दा यसले जातीय विभेदको कुरालाई पनि नछोएको उनी बताउँछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।