• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विद्युत माग घटे पनि काठमाडौंमा अघोषित लोडसेडिङ

काठमाडौंमा विद्युत माग घटे पनि तराईमा चोरी बढ्दा भारतबाट आयातित बिजुली दैनिक १७० मेगावाटसम्म बढ्यो
64x64
सविन मिश्र बुधबार, पुस १५, २०७७  १३:२२
1140x725

काठमाडौं-काठमाडौं उपत्यकामा विद्युतको माग गत वर्षभन्दा कम भए पनि नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गर्न थालेको छ। उपत्यकामा अहिलेसम्म विद्युतको अधितकतम माग (पिक लोड) गत वर्षभन्दा कम भए पनि प्राधिकरणले व्यवस्थापन गर्न नसक्दा अघोषित लोडसेडिङ हुन थालेको हो। 

विद्युत व्यवस्थापन गरी गुणस्तरीय आपूर्तिमा प्राधिकरण व्यवस्थापन र ऊर्जा मन्त्रालयले नै ध्यान दिन नसक्दा दैनिक पटक-पटक विद्युत कटौती हुन थालेको छ। उपत्यकाका अधिकांश स्थानमा दैनिक ५ पटकसम्म आपूर्ति अवरुद्ध हुने गरेको हो। 

विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार गत पुस १२ गते काठमाडौं उपत्यकामा विद्युतको अधिकतम माग ३७६ मेगावाट थियो। जबकि गत वर्षको यही दिन विद्युत माग ४२४ मेगावाट थियो। गत वर्षको तुलनामा यो वर्षको आइतबार ५० मेगावाट थोरै विद्युत माग भए पनि काठमाडौंका अधिकांश क्षेत्रमा बत्ती काटिएको थियो। 

यस्तै काठमाडौंमा पुस १३ गते पनि गत वर्षको भन्दा विद्युत माग ७० मेगावाटले थोरै थियो। गत वर्षको पुस १३ गते ४४३ मेगावाट अधिकतम माग थियो। जबकि यो वर्ष पुस १३ गते काठमाडौंमा ३७७ मेगावाट विद्युत माग थियो। 

प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा विद्युत माग घटे पनि भारतबाट हुने आयात भने बढेको छ। गत वर्षको पुस १३ गते ४९८ मेगावाट विद्युत आयात भएकोमा यो वर्ष बढेर ६३४ मेगावाट पुगेको छ। 

Ncell 2
Ncell 2

यस्तै पुस १२ गते विद्युत आयात गत वर्षको यही दिनको तुलनामा १६१ मेगावाट विद्युत धेरै आयात भएको छ। गत वर्षको पुस १२ गते ४७१ मेगावाट विद्युत आयात भएकोमा यो वर्ष ६३२ मेगावाट आयात भएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले विद्युतको व्यवस्थापनमा ध्यान नदिँदा लगातार बत्ती जान थालेपछि उपभोक्ताले अघोषित लोडसेडिङ भएको भन्दै तीव्र विरोध गरिरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले ऊर्जामन्त्री टोपबहादुर रायमाझी तथा नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको चर्को विरोध गरिरहेका छन्। 

प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक शाक्यले भने जीर्ण संरचरनाका कारण विद्युत आपूर्तिमा समस्या भएको दावी गरे। काठमाडौंमा अधिकतम माग गत वर्ष जति नपुगे पनि निरन्तर उच्च विद्युत माग रहेको बताए। 'तारहरू पुराना छन्, निरन्तर उच्च लोड आपूर्ति हुँदा तिनीहरू पग्लने र चुँडिने पनि भएका छन्,' शाक्यले भने, 'हामीले लोडसेडिङ गर्न खोजेको वा तालिका तयार गर्न लागेको होइन।' 

कोभिड-१९ को संक्रमणको जोखिम रहेको भन्दै काठमाडौं महानगरपालिकासहितका केही स्थानीय तहले अझै शैक्षिक संस्था खोल्न दिएका छैनन्। उनीहरूले अनलाइन कक्षाबाटै विद्यार्थीको पठन पाठन अघि बढाउन भनिरहे पनि प्राधिकरणले विद्युत आपूर्ति कटौती गर्दा अनलाइन कक्षा तथा साना तथा मझौला व्यवसायीको व्यवसाय बन्द हुने अवस्थाम पुगेको छ। 

काठमाडौं उपत्यकामा माग घटे पनि समग्रमा भने विद्युत माग बढेको छ। काठमाडौंमा होटलहरू पूर्णरूपमा सञ्चालनमा नआएकाले पहिले जति माग नबढेको हो। तर तराईमा भने गत वर्षभन्दा करिब १०० मेगावाट धेरै विद्युत माग रहेको प्राधिकरण स्रोतले जनाएको छ। 'तराईमा गर्मीमा बढ्ने माग जाडोमा बढेको छ, यसको अर्थ त्यहाँ चुहावट बढ्यो,' प्राधिकरण स्रोतले भन्यो, 'चोरी नियन्त्रणमा ध्यान नपुर्‍याउँदा यो समस्या आएको हो।' 
 

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको... आइतबार, पुस २७, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
राष्ट्रपतिबाट राष्ट्रियसभाको अधिवेशन आव्हान सोमबार, पुस २८, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्