काठमाडौं – साताको अन्तिम कारोबार दिन सेयर बजार ४१.४३ अंक बढेको छ।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ।
अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो। २२७ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो। सबै सेक्टरका सूचक बढेका छन्।
व्यापार सेक्टर सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो। बैंकिङ ०.९०, विकास बैंक १.१०, फाइनान्स १.३०, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.०९, लगानी २.२०, जीवन बीमा १.७१, उत्पादन ०.९२, माइक्रोफाइनान्स २.२२, निर्जीवन बीमा ०.८५, अन्य १.७४ प्रतिशत बढे।
गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो। सिर्जनशील लघुवित्तको ९.९, सपोर्ट माइक्रोफाइनान्सको ८.५, अभियान लघुवित्तको ७.६ तथा मानुषी लघुवित्तको ७.२ प्रतिशत बढ्यो।
सबैभन्दा धेरै मूल्य घट्नेमा इस्टर्न हाइड्रोपावर रह्यो, जसको मूल्य १.५ प्रतिशत घट्यो। धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स तथा ग्रीन डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।