काठमाडौँ –नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
आज स्थानीय बजारमा सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ । यस अघि बुधबार सुन तोलामा एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोवार भइरहेको थियो । त्यस्तै चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर दुई हजार २० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।