काठमाडौँ– एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप-२०२६ छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ।
महासङ्घले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आज सर्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘एफ’मा परेको हो।
३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको हो। जुन महिनामा हुने समूह एफको छनोट खेल उज्वेकिस्तानमा हुनेछ। नेपालले हालसम्म उज्वेकिस्तानविरुद्ध खेलेको सबै ३ खेल हारेको छ। लाओसविरुद्ध हालसम्म नखेलेको नेपालले श्रीलंकामाथि भने सबै ८ खेलमा जितको नतिजा निकालेको छ।
एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ। प्रतियोगितामा १२ टोली सहभागी हुनेछन्। आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनोट भइसकेका छन्

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।