काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर कलंकको टिका लगाएको नेकपा अध्यक्ष प्रचण्डको दाबी, ओलीलाई पार्टी, अनुशासन, बैठक र छलफलसँग मतलब नभएको माधवकुमार नेपालको आरोप ।
२) चिनी मिलले उखुको रकम नदिएपछि आन्दोलनका लागि काठमाडौं आएका किसान नारायण राय यादवको हृदयाघातका कारण निधन, अन्नपूर्ण सुगर मिलले यादवलाई २४ लाख ६३ हजार रूपैयाँ तिर्न बाँकी ।
३) वैदेशिक रोजगारीका लागि सुरु भयो अनलाईनमार्फत् पुनः श्रम स्वीकृति, अब संसारभरबाट लिन सकिने, रोजगारीबाट बिदामा फर्किएकाहरुले पनि घरबाटै अनलाईनमार्फत् पुनः श्रम स्वीकृति लिन सक्ने ।
४) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेको सुरक्षा विधेयक तल्लो सदनबाट पारित, अब सिनेटमा दुई तिहाई बहुमतले पारित गरे विधेयक ट्रम्पको भिटोका बाबजुद पनि कार्यान्वयनमा आउने ।
५) र, दाङको देउखुरीमा जारी प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा वागमती प्रदेशविरुद्ध प्रदेश नम्बर १ को जित, प्रदेश नम्बर एक ४६ रनले पराजित ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।