• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बत्ती गएको गयै

प्राधिकरणको टालटुले जवाफ
64x64
हेमन्त जोशी मंगलबार, पुस १४, २०७७  २०:२७
1140x725

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले पूर्वजानकारी बिनै लगातार बत्ती काट्न थालेपछि आम उपभोक्ताले लोडसेडिङ ब्युँतिएको हो कि? भन्ने शंका गर्न थालेका छन्। पछिल्लो एक महिनायता सामाजिक सञ्जालमा हरेक दिनजसो उपभोक्ताका गुनासो आइरहेका छन्, ‘बिना जानकारी झ्याप्प-झ्याप्प बत्ती जान थाल्यो। के नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बाहिरिएपछि लोडसेडिङ ब्युँतिएको हो?’

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणमा निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिएपछि लोडसेडिङको क्रम सुरु भएको देखिन्छ। तर शाक्यले भने कुनै पनि हालतमा लोडसेडिङ फेरि सुरु भएको भन्ने स्वीकार्न तयार छैनन्।

प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङका पालासम्म प्राविधिक कारणबाहेक विद्युत कटौती थिएन। घिसिङले कुनै पनि हालतमा लोडसेडिङ नहुने बताउँदै आएका थिए। घिसिङकै पालामा लोडसेडिङ अन्त्य भएकाले उनलाई नै प्राधिकरणमा दोहोर्‍याउन व्यापक जनदबाब थियो। तर सरकारले उनलाई पुनर्नियुक्ति दिएन। हालसम्म कसैलाई पनि प्राधिकरण नेतृत्वको जिम्मेवारी दिएको छैन।

प्राधिकरणले अहिले काठमाडौं उपत्यकालगायत मुलुकभर घोषित\अघोषित कुनै पनि रुपमा लोडसेडिङ नगरिएको र गर्नुपर्ने अवस्थासमेत नरहेको दाबी गरेको छ। तर प्राधिकरणले विद्युत कटौती हुनुको पछाडि देखाएका सामान्य कारणहरुमाथि उपभोक्ताले विश्वास गरेको देखिँदैन।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार विद्युत वितरण प्रणालीमा भइरहेको मर्मतसम्भार र मागअनुसार आपूर्ति व्यवस्थापनको सन्तुलन मिलाउँदा केही प्राविधिक कारणले बत्ती जान थालेको हो। ‘सुख्खायाममा वितरण प्रणालीमा बढी समस्या हुन्छ। पोल सार्ने, ट्रान्समिटर बदल्नेलगायतका काम पनि भइरहेका छन्। उपत्यकाको जुन क्षेत्रमा बत्ती काटिएको छ, त्यस क्षेत्रमा विद्युत लाइनको मर्मत सम्भारको काम चलिरहेको छ‚’ उनले भने।

अहिले विद्युत आपूर्ति अनियमित भएको विषयमा उपभोक्ताको गुनासो बढेको प्रवक्ता तिमिल्सिना स्वीकार्छन्। ‘गुनासो बढेका छन्। यस्ता गुनासो कमभन्दा कममा सीमित गर्नेगरी काम गरिरहेका छौं,’ उनले भने‚ ‘प्राधिकरणबाट पूर्वसूचना जारी गरिएन भन्ने पनि गुनासो छ। सम्बन्धित कार्यालयले विद्युत कटौतीसम्बन्धी सूचना दिएको हुनुपर्छ। वितरण प्रणालीमा तत्काल कुनै समस्या आएर बत्ती गएको बेला पूर्वसूचना दिन सक्ने अवस्था रहँदैन। समस्या आइसकेपछि तत्काल त्यसको समाधान गरिरहेका छौं।’

प्राधिकरणका अनुसार वितरण प्रणालीको मात्र समस्या नभई अहिले लोड व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण छ। गत आइतबार देशभरको अधिकतम विद्युत माग २ करोड ५२ लाख युनिट अर्थात् १ हजार ४ सय ५७ मेगावाट पुगेको थियो। जसमध्ये ३ सय ७६ मेगावाट विद्युत काठमाडौं उपत्यकामा मात्र खपत भएको प्राधिकरणको तथ्यांकले देखाउँछ। गतवर्ष यही मितिमा १ हजार २ सय ८८ मेगावाट विद्युत माग रहेको प्रवक्ता तिम्सिना बताउँछन्। सबैभन्दा बढी विद्युत खपत हुने बेलुकाको समयमा विद्युत माग अधिकतम बिन्दुमा पुगे पनि राती भने विद्युत माग साढे ६ सय मेगावाटसम्ममा झर्ने गरेको छ। 

नेपाल विद्युत प्राधिकरणबाट ५ सय १० मेगावाट, निजी क्षेत्रबाट ३ सय २० मेगावाट र बाँकी भारतबाट आयात भइरहेको छ। गत आइतबारको तथ्यांकलाई आधार मान्ने हो भने ६ सय २७ मेगावाट विद्युत भारतबाट आपूर्ति भई विद्युत माग व्यवस्थापन भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

माग-आपूर्ति असन्तुलन र कमजोर प्राविधिक संरचना मुख्य कारण भएको दाबी 
नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्यकामा भूमिगत प्रशारणलाइन निर्माणको काम गरिरहेको छ। यही भूमिगत प्रसारणलाइन निर्माण र ट्रान्सफर्मर परिवर्तनको काम गर्दा बत्ती काटिएको हो भन्ने मुख्य कारणका रुपमा देखाउँदै आएको छ। त्यस्तै, हिउँद लागेसँगै खोला तथा नदीमा पानीको बहाव घट्दा विद्युत उत्पादनमा कमी आएको छ। पछिल्लो समयमा करिब ६ सय मेगावाट विद्युत् अपुग रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। जुन विद्युत नेपालले भारतबाट आयात गरिरहेको छ। 

सुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत् प्रसारण तथा वितरण प्रणाली ट्रिपिङ हुँदा विद्युत् आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले देखाउने अर्को कारण हो। विगतका दिनमासमेत यस्तो ट्रिपिङ हुने गरे पनि त्यतिबेला लोडसेडिङ हुँदा उपभोक्ताले विद्युत् आपूर्तिमा समस्या आएको थाहा नै पाउँदैन थिए।

सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केबलमा क्षति पुग्ने, पुराना भइसकेका पोल तथा टान्सफर्मर फेर्ने र सार्नुपर्नेलगायतका प्राविधिक कारणले पनि विद्युत कटौती भइरहेको प्राधिकरणले जनाएको छ। प्राविधिक समस्याका कारण कहीँ कतै केहीबेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुरु भइरहेको प्रवक्ता तिम्सिनाको जीकिर छ। साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा आउँदा विद्युत माग बढ्ने र वितरण प्रणालीमा यसको चाप देखिने गरेको छ। 

ऊर्जामन्त्रीतर्फ पनि आशंका
ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा टोपबहादुर रायमाझीले जिम्मेवारी सम्हालेपछि विद्युत आपूर्तिमा बढी समस्या देखिएको भन्दै उपभोक्ताहरुको गुनासो सामाजिक संजालमा आइरहेका छन्।

Xtrem

Xtrem

नयाँ मन्त्रीले कार्यभार सम्हाल्नु र अघोषित रुपमा विद्युत कटौती हुनुलाई कतिपयले लोडसेडिङ ब्युताउने खेल सुरु भएको भनेर विश्लेषणसमेत गर्रन थालेका छन्। आशंका र जिज्ञासासहितका यस्ता गुनासा काठमाडौं उपत्यकामा मात्र नभई बाहिरी जिल्लाबाट पनि आउन थालेका छन्।

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  २०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्