• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बत्ती गएको गयै

प्राधिकरणको टालटुले जवाफ
64x64
हेमन्त जोशी मंगलबार, पुस १४, २०७७  २०:२७
1140x725

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले पूर्वजानकारी बिनै लगातार बत्ती काट्न थालेपछि आम उपभोक्ताले लोडसेडिङ ब्युँतिएको हो कि? भन्ने शंका गर्न थालेका छन्। पछिल्लो एक महिनायता सामाजिक सञ्जालमा हरेक दिनजसो उपभोक्ताका गुनासो आइरहेका छन्, ‘बिना जानकारी झ्याप्प-झ्याप्प बत्ती जान थाल्यो। के नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बाहिरिएपछि लोडसेडिङ ब्युँतिएको हो?’

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणमा निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिएपछि लोडसेडिङको क्रम सुरु भएको देखिन्छ। तर शाक्यले भने कुनै पनि हालतमा लोडसेडिङ फेरि सुरु भएको भन्ने स्वीकार्न तयार छैनन्।

प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङका पालासम्म प्राविधिक कारणबाहेक विद्युत कटौती थिएन। घिसिङले कुनै पनि हालतमा लोडसेडिङ नहुने बताउँदै आएका थिए। घिसिङकै पालामा लोडसेडिङ अन्त्य भएकाले उनलाई नै प्राधिकरणमा दोहोर्‍याउन व्यापक जनदबाब थियो। तर सरकारले उनलाई पुनर्नियुक्ति दिएन। हालसम्म कसैलाई पनि प्राधिकरण नेतृत्वको जिम्मेवारी दिएको छैन।

प्राधिकरणले अहिले काठमाडौं उपत्यकालगायत मुलुकभर घोषित\अघोषित कुनै पनि रुपमा लोडसेडिङ नगरिएको र गर्नुपर्ने अवस्थासमेत नरहेको दाबी गरेको छ। तर प्राधिकरणले विद्युत कटौती हुनुको पछाडि देखाएका सामान्य कारणहरुमाथि उपभोक्ताले विश्वास गरेको देखिँदैन।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार विद्युत वितरण प्रणालीमा भइरहेको मर्मतसम्भार र मागअनुसार आपूर्ति व्यवस्थापनको सन्तुलन मिलाउँदा केही प्राविधिक कारणले बत्ती जान थालेको हो। ‘सुख्खायाममा वितरण प्रणालीमा बढी समस्या हुन्छ। पोल सार्ने, ट्रान्समिटर बदल्नेलगायतका काम पनि भइरहेका छन्। उपत्यकाको जुन क्षेत्रमा बत्ती काटिएको छ, त्यस क्षेत्रमा विद्युत लाइनको मर्मत सम्भारको काम चलिरहेको छ‚’ उनले भने।

अहिले विद्युत आपूर्ति अनियमित भएको विषयमा उपभोक्ताको गुनासो बढेको प्रवक्ता तिमिल्सिना स्वीकार्छन्। ‘गुनासो बढेका छन्। यस्ता गुनासो कमभन्दा कममा सीमित गर्नेगरी काम गरिरहेका छौं,’ उनले भने‚ ‘प्राधिकरणबाट पूर्वसूचना जारी गरिएन भन्ने पनि गुनासो छ। सम्बन्धित कार्यालयले विद्युत कटौतीसम्बन्धी सूचना दिएको हुनुपर्छ। वितरण प्रणालीमा तत्काल कुनै समस्या आएर बत्ती गएको बेला पूर्वसूचना दिन सक्ने अवस्था रहँदैन। समस्या आइसकेपछि तत्काल त्यसको समाधान गरिरहेका छौं।’

प्राधिकरणका अनुसार वितरण प्रणालीको मात्र समस्या नभई अहिले लोड व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण छ। गत आइतबार देशभरको अधिकतम विद्युत माग २ करोड ५२ लाख युनिट अर्थात् १ हजार ४ सय ५७ मेगावाट पुगेको थियो। जसमध्ये ३ सय ७६ मेगावाट विद्युत काठमाडौं उपत्यकामा मात्र खपत भएको प्राधिकरणको तथ्यांकले देखाउँछ। गतवर्ष यही मितिमा १ हजार २ सय ८८ मेगावाट विद्युत माग रहेको प्रवक्ता तिम्सिना बताउँछन्। सबैभन्दा बढी विद्युत खपत हुने बेलुकाको समयमा विद्युत माग अधिकतम बिन्दुमा पुगे पनि राती भने विद्युत माग साढे ६ सय मेगावाटसम्ममा झर्ने गरेको छ। 

नेपाल विद्युत प्राधिकरणबाट ५ सय १० मेगावाट, निजी क्षेत्रबाट ३ सय २० मेगावाट र बाँकी भारतबाट आयात भइरहेको छ। गत आइतबारको तथ्यांकलाई आधार मान्ने हो भने ६ सय २७ मेगावाट विद्युत भारतबाट आपूर्ति भई विद्युत माग व्यवस्थापन भइरहेको छ।

Ncell 2
Ncell 2

माग-आपूर्ति असन्तुलन र कमजोर प्राविधिक संरचना मुख्य कारण भएको दाबी 
नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्यकामा भूमिगत प्रशारणलाइन निर्माणको काम गरिरहेको छ। यही भूमिगत प्रसारणलाइन निर्माण र ट्रान्सफर्मर परिवर्तनको काम गर्दा बत्ती काटिएको हो भन्ने मुख्य कारणका रुपमा देखाउँदै आएको छ। त्यस्तै, हिउँद लागेसँगै खोला तथा नदीमा पानीको बहाव घट्दा विद्युत उत्पादनमा कमी आएको छ। पछिल्लो समयमा करिब ६ सय मेगावाट विद्युत् अपुग रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। जुन विद्युत नेपालले भारतबाट आयात गरिरहेको छ। 

सुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत् प्रसारण तथा वितरण प्रणाली ट्रिपिङ हुँदा विद्युत् आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले देखाउने अर्को कारण हो। विगतका दिनमासमेत यस्तो ट्रिपिङ हुने गरे पनि त्यतिबेला लोडसेडिङ हुँदा उपभोक्ताले विद्युत् आपूर्तिमा समस्या आएको थाहा नै पाउँदैन थिए।

सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केबलमा क्षति पुग्ने, पुराना भइसकेका पोल तथा टान्सफर्मर फेर्ने र सार्नुपर्नेलगायतका प्राविधिक कारणले पनि विद्युत कटौती भइरहेको प्राधिकरणले जनाएको छ। प्राविधिक समस्याका कारण कहीँ कतै केहीबेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुरु भइरहेको प्रवक्ता तिम्सिनाको जीकिर छ। साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा आउँदा विद्युत माग बढ्ने र वितरण प्रणालीमा यसको चाप देखिने गरेको छ। 

ऊर्जामन्त्रीतर्फ पनि आशंका
ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा टोपबहादुर रायमाझीले जिम्मेवारी सम्हालेपछि विद्युत आपूर्तिमा बढी समस्या देखिएको भन्दै उपभोक्ताहरुको गुनासो सामाजिक संजालमा आइरहेका छन्।

नयाँ मन्त्रीले कार्यभार सम्हाल्नु र अघोषित रुपमा विद्युत कटौती हुनुलाई कतिपयले लोडसेडिङ ब्युताउने खेल सुरु भएको भनेर विश्लेषणसमेत गर्रन थालेका छन्। आशंका र जिज्ञासासहितका यस्ता गुनासा काठमाडौं उपत्यकामा मात्र नभई बाहिरी जिल्लाबाट पनि आउन थालेका छन्।

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  २०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको... आइतबार, पुस २७, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
राष्ट्रपतिबाट राष्ट्रियसभाको अधिवेशन आव्हान सोमबार, पुस २८, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्