• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भूकम्पको पूर्वानुमान किन प्रायः मिल्दैन, वैज्ञानिकहरू किन गर्न खोज्दैनन्

64x64
नेपाल लाइभ बिहीबार, चैत १४, २०८१  २१:४२
1140x725

काठमाडौं– ब्रेन्ट दिमित्रुक आफूलाई 'भूकम्प पूर्वानुमानकर्ता'का रूपमा चिनाउँछन्।

मध्यअक्टोबरतिर उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्यालिफोर्नियामा भूकम्प आउने भविष्यवाणी गरे। सानो तटीय सहर यूरेकाको दक्षिणी भागमा अवस्थित क्यालिफोर्नियाको सबैभन्दा पश्चिमी बिन्दुमा भूकम्प जाने उनको दाबी थियो।

त्यसको दुई महिनापछि उत्तरी क्यालिफोर्नियामा ७.३ म्याग्निट्यूडको भूकम्प गयो। त्यस बेला लाखौँ मानिसहरू सुनामीको जोखिममा पनि परे।

उक्त भूकम्पपछि सामाजिक सञ्जालमा दिमित्रुकलाई 'फलो' गर्नेहरूको सङ्ख्या ह्वात्तै बढ्यो। मानिसहरू उनले गर्ने पूर्वानुमानको प्रतीक्षामा हुन्थे।

"मैले गरिरहेको काम नपत्याउनेले भनिदिनुहोस् कि यो कसरी संयोग मात्रै हुन सक्छ? भूकम्प कहाँ जान्छ भनेर पत्ता लगाउन निकै गम्भीर सीप चाहिन्छ," नयाँ वर्षको पूर्वसन्ध्यामा उनले भने।

तर भूकम्पबारे अध्ययन गरिरहेका वैज्ञानिकहरू भूकम्प पूर्वानुमान गर्न नसकिने बताउँछन्। पूर्वानुमान गर्न नसकिने भएकैले भूकम्प चिन्ताको विषय हो।

उत्तरी अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा बसोबास गरिरहेका दशौँ लाख मानिसहरू "महाभूकम्प" आउन सक्ने डरमा छन्। त्यस्तो भूकम्पका कारण सो क्षेत्रना असङ्ख्य मानिस र दृश्यावली प्रभावित हुने चिन्ता छ।

विनाशकारी भूकम्प मिलाउन कठिन
तीन दशकभन्दा लामो समय अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसमा काम गरेकी र 'द विग वन्स' पुस्तककी लेखक तथा वैज्ञानिक लुसी जोन्सले आफ्नो अनुसन्धानको अधिकांश समय भूकम्पको जोखिमको अध्ययनमा बिताएकी छन्। उनले यस्ता प्रलयकारी घटनाको सामना गर्ने क्षमता विकास र सुधारमा आफ्नो समय खर्चिएकी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार ठूलो भूकम्प कहाँ र कहिले ठूलो जान्छ भन्ने प्रश्नको उत्तर आफूले पत्ता लगाइसकेको दाबी गर्ने धेरै मानिसहरू थिए।

"मानिसहरू डराउनु एकदमै सामान्य हो। तर भूकम्प पूर्वानुमान गर्न सकिने सामर्थ्य छैन," उनी भन्छिन्।

हरेक वर्ष विश्वभरिमा एक लाखवटा भूकम्पहरू महसुस हुने यूएसजीएसले जनाएको छ। त्यसैले पनि मानिसहरू भूकम्पबारे पूर्वचेतावनी पाइयोस् भन्ने चाहन्छन्।

डिसेम्बरमा भूकम्प गएको सान फ्रान्सिस्कोभन्दा ४३४ किलोमिटर उत्तरमा रहेको यूरेकाको तटीय क्षेत्रमा गत वर्ष मात्रै ७०० वटा भूकम्प गएको तथ्याङ्कमा देखिन्छ। तीमध्ये १० वटा त एक साताभित्रै गएका थिए।

दिमित्रुकले भूकम्प जान्छ भनेर भविष्यवाणी मिलाएको ठाउँ अमेरिकामा "भूकम्पको सक्रिय क्षेत्र" मध्येमा पर्ने यूएसजीएसले जनाएको छ। तीनवटा टेक्टोनिक प्लेटहरूको मिलन हुने स्थान भएका कारणले यो क्षेत्रलाई 'मेन्डोसिनो ट्रिपल जङ्शन' भनिन्छ।

जमिनमुनि रहेका टेक्टोनिक प्लेटहरू माथिल्लो वा तल्लो भागमा वा दायाँबायाँ सर्दा तनाव उत्पन्न हुन्छ र त्यो तनाव निष्कासन हुँदा भूकम्प जान्छ।
त्यस कारण सो क्षेत्रमा भूकम्प जान्छ भन्नु सहज नभएको जोन्स बताउँछिन्। यद्यपि उनका अनुसार म्याग्निटयूड ७.० को भूकम्प निकै दुर्लभ हो।

यूएसजीएसका अनुसार सन् १९०० यता त्यो स्तर वा त्योभन्दा ठूला ११ वटा मात्रै भूकम्प सो क्षेत्रमा गएका छन्। तीमध्ये एउटाको पूर्वानुमान मिलेको हो। दिमित्रुकको अनुमान मिले पनि जोन्सले ठूला र विनाशकारी भूकम्प ठ्याक्कै मिलाउन कठिन रहेको बीबीसीले बताइन्।

उनका अनुसार भूकम्प निम्त्याउने भूगर्भीय कारकहरू निकै जटिल र "परिवर्तनशील" हुन्छन्। भूकम्पको म्याग्निट्यूड भूकम्प जान सुरु भएपछि मात्रै विकास हुन सक्ने उनको दाबी छ।

ठूलो भूकम्प कहिले जान्छ

वैज्ञानिकहरूलाई भूकम्प किन जान्छ भन्ने चाहिँ थाहा छ। त्यो भनेको 'फल्ट लाइन'हरूमा हुने हलचल हो। तर यूएसजीएस यसको पूर्वानुमान गर्न नसकिने बताउँछ।

"कुन समयमा र कसरी भूकम्प जान्छ भन्ने हामी निकट भविष्यमा पनि थाहा पाउने आशा गर्दैनौँ," यूएसजीएसले भनेको छ।

यद्यपि निश्चित वर्षहरूभित्र निश्चित क्षेत्रमा भूकम्प जान सक्ने सम्भावनाको हिसाब लगाउन सकिने उनको भनाइ छ।

भौगर्भिक अभिलेखहरूले "ठूला खालका" भूकम्पहरू आउने क्रम नियमित जस्तो हुने देखाएका छन्। 'क्यास्केडिआ सब्डक्शन जोन' प्रत्येक ३०० देखि ५०० वर्षको बीचमा सर्ने गरेको छ। परिणामस्वरूप उत्तरपश्चिमी प्रशान्त तटीय क्षेत्रमा १०० फिट अग्ला ठूला सुनामीहरू आउँछन्।

दक्षिणी क्यालिफोर्नियाको सान एन्ड्रिआस फल्ट पनि "ठूला भूकम्प"को अर्को कारक हो।

त्यहाँ पनि हरेक २०० देखि ३०० वर्षको अन्तरमा विनाशकारी भूकम्पहरू आउँछन्। सो क्षेत्रमा जुनसुकै समयमा पनि ठूला भूकम्प जान सक्ने विज्ञहरू बताउँछन्।

भूकम्प जाने भविष्यवाणी किन मिल्दैन

भूकम्पविद् जोन्स आफूले काम गर्ने क्रममा हजारौँ मानिसहरूले ठूला भूकम्पको पूर्वानुमान गर्दै आफूलाई सचेत गराएको बताउँछिन्। सन् ११९०को दशकमा पनि भूकम्पबारे मानिसहरूलाई सचेत गराइदिन आग्रह गर्दै कैयौँ फ्याक्सहरू आफ्नो कार्यालयमा आएका उनले बताइन्।

"हरेक साता भविष्यवाणी भइरहँदा कोही न कोहीले त मिलाउन सक्छ हैन त?" उनी भन्छिन्। "त्यसपछि उनीहरू हौसिएर अरू १० वटा भूकम्पको पूर्वानुमान गर्छन् र ती कुनै पनि मिल्दैनन्।"

दिमित्रुक वैज्ञानिक हैनन्। उनले पछि गरेका धेरै पूर्वानुमानहरू मिलेनन्।

उनले धेरै अगाडि दक्षिण पश्चिमी अलास्का टापु वा न्यूजील्यान्डको तटीय क्षेत्रमा १०.३ म्याग्निट्यूडको निकै ठूलो भूकम्प जाने र त्यसले विश्वव्यापी व्यापारमै असर पुग्ने सक्ने भविष्यवाणी गरेका थिए।

यूएसजीएसले कुनै पनि भूकम्पको भविष्यवाणी उपयोगी हुनका लागि तीनवटा कुरा हुनुपर्ने भनेको छ।

ती कुरा मिति र समय, भूकम्प जाने स्थान र भूकम्पको म्याग्निट्यूड हुन्।

तर दिमित्रीले तोक्ने समय परिवर्तन भइरहन्छ।

एकताका उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि वा कार्यकाल सुरु भएलगत्तै उक्त भूकम्प आउने दाबी गरेका थिए।

त्यसपछि उनले भविष्यवाणीको समय सार्दै सन् २०३० भन्दा अगाडि त्यस्तो भूकम्प आउने बताए।

दिमित्रुकले भविष्यवाणी गरेजत्रो भूकम्प अहिलेसम्म पृथ्वीमा मापन भएको छैन। तर उनले आफ्नो भविष्यवाणी कायमै राखेका छन्।

"मलाई संयोगले मात्रै मिलेको भन्ने लाग्दैन," दिमित्रुक आफ्नो भविष्यवाणीबारे बीबीसीसँग भन्छन्। "यो मनपरी भनिएको वा संयोगले मिलेको होइन।"

तर भूकम्पका हकमा धेरै मानिसहरूमा मानिसहरूमा यस्तो सोचाइ हुने जोन्सको दाबी छ।

"जथाभाबी आउने भूकम्पहरूमा पनि एउटा प्रवृत्तिजस्तो देखिन्छ। हामी तारामण्डलमा पनि नक्षत्रहरू देख्छौँ," उनी भन्छिन्।

"भूकम्पसँग धेरै मानिसहरू त्रसित हुन्छन्। त्यसको सामना गर्ने एउटा तरिका भविष्यवाणी पनि हो।"

अनिश्चित भूकम्पका लागि कस्तो तयारी

पूर्वानुमान गर्न नसकिने विषयलाई भूकम्पको पूर्वतयारी नगरी बस्नु ठिक हो भन्ने अर्थमा बुझ्न नहुने विज्ञहरू बताउँछन्।

दशौँ लाख अमेरिकीहरू प्रत्येक वर्ष अक्टोबरको तेस्रो मङ्गलवार विश्वकै सबैभन्दा ठूलो भूकम्प पूर्वतयारी अभ्यासमा सहभागी हुन्छन्। त्यसलाई 'द ग्रेट शेक आउट' भनिन्छ।

यसको आयोजना जोन्स सहितको समूहले स्थापना गरेको सदर्न क्यालिफोर्निया अर्थक्वेक सेन्टरले गर्दै आएको छ।

उक्त अभ्यासमा मानिसहरूले 'ड्रप, कभर र होल्ड' अर्थात् घुँडा टेकेर निहुरिने, टेबलजस्ता सामानमुनि लुक्ने र एक मिनेट त्यहीँ अडिनेजस्ता क्रियाकलाप गर्छन्।

यो अभ्यास निकै लोकप्रिय छ। भूकम्पको जोखिममा रहेको तटीय क्षेत्रबाट सुरु भएको यस्तो पूर्वाभ्यास अहिले अमेरिकाकै अन्य राज्य सहित विभिन्न देशमा पनि फैलिसकेको छ।
घरबाहिर रहेको अवस्थामा चाहिँ मानिसहरूलाई सकेसम्म रूख, घर वा विद्युत् प्रसारण लाइनहरू नभएको खुला ठाउँमा रहन सुझाव दिइएको छ।

समुद्री तटमा रहेका मानिसहरूलाई चाहिँ भूकम्प रोकिएपछि सम्भावित सुनामीबाट बच्न उच्च भूभागतर्फ भाग्ने अभ्यास गराइन्छ।

"जमिन कम्पन नभएको र नआत्तिएको समय अभ्यास गर्नका लागि सबैभन्दा उपयुक्त अवस्था हो," वाशिङ्टन स्टेट इमर्जन्सी डिभिजनका कार्यक्रम व्यवस्थापक ब्रायन टर्बुश भन्छन्।

र्वाभ्यासबाहेक पश्चिमी तटीय क्षेत्रमा पर्ने राज्यका बासिन्दाहरूले यूएसजीएसले उपलब्ध गराएको 'शेक अलर्ट' भनिने फोनमा चेतावनी जारी गरिने प्रणालीको पनि अभ्यास गर्छन्।

उक्त प्रणालीले भूकम्पका समयमा उत्पन्न हुने तरङ्ग पहिचान गरेर मानिसहरूलाई सतर्क गराउने काम गर्छ। यसले भूकम्प आउने समयबारे भविष्यवाणी गर्न नसके पनि भूकम्प आएको केही सेकेन्डमै त्यसले चेतावनी जारी गर्ने हुँदा त्यो जीवन बचाउन उपयोगी हुन सक्छ।

यो नै हालसम्म आविष्कार भएको भूकम्पको "भविष्यवाणी" गर्ने उपाय हो। बीबीसी नेपाली सेवाबाट
 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २१:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री
सम्बन्धित सामग्री
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन स... मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनर्स्थापनाका लागि सम्भावित... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्