• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

साइकलमा रहरको बाटो

64x64
ऋग्वेद शर्मा मंगलबार, पुस १४, २०७७  १२:००
1140x725
४ हजार मिटरको उचाइमा मनाङ फेदिमा साइक्लिङ रेसमा लक्ष्मी मगर।

काठमाडौं- कुदिरहेको साइकलका पाङ्ग्राले सानैमा मोहित पारिदियो। पेडलमा घुमिरहेका गोडा देख्दा त्यसरी नै बढ्ने चाहा भयो। हावामा सरर बहने रहरले छोयो। रहरको जोहो त निस्किन्छ नै। दुई रुपैयाँमा भाडाको साइकल चढ्ने बेलामा त्यो उति मुस्किल पनि थिएन। मुस्किल त अहिले लाखौँको साइकलमा जीवन बढाउन पो देखिन्छ। 

साइक्लिङ खेलाडी लक्ष्मी मगरले भएर पुगेर साइकल चढेकी होइनन्। रहर हो। रहरको त मोल कसरी होस्। उही हावामा सरर बहने रहर। त्यसैले दियो खुसी। साइकलमा बस्दा नै भेटियो सन्तुष्टी। त्यही रहरको बाटोमा बढिरहँदा धेरै उकाली ओराली भेटियो। साइकलका उकाली ओराली र त्यसैमा जोडिएको जीवनको उकाली ओराली। 

मनाङमा पर्ने ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ पास होस् या भारतको ५ हजार ३ सय ५९ मिटरको खार्दुंगा पास होस् या त युरोपका भिन्न भूगोलका बाटाहरु ३२ वर्षकी लक्ष्मी निरन्तर बढिरहेकी छिन्। सोखको साइक्लिङमा अहिले उनले खेलाडी जीवनको परिचय उज्यालो पारेकी छिन्। त्यही लक्ष्य बनेको छ। उनका लागि अहिले शरीर हो साइकल। शरीरकै अङ्ग जसरी गर्छिन् साइकललाई प्रेम। 

साइकलमा बसेको त्यही प्रेमले नै उनी सुरुका रेसहरुमा थोत्रो साइकलमा खुबै दौडिइन्। कार्बन फाइबरको साइकलमा हुनेहरुलाई उनको थोत्रो फलामे साइकलले धेरैपटक पछाडि पारेको छ। ककनीको थुराया टान रेसदेखि ‘याक अट्याक’ माउन्टेन बाइक रेस हुँदै एसियाली खेलकुदको सहभागीता र दक्षिण एसियाली खेलकुदको स्वर्ण पदकको बाटो तय गर्दा साइकल फेरिएजस्तै फेरिएको छ उनको भोगाइ पनि।

०००
दुई कक्षा पढ्ने बेला दुई रुपैयाँ भाडामा दुई घन्टासम्म कुदाउँदै चिनेकी हुन् लक्ष्मीले साइकल। टंगाल विद्यालयको पढाइ हुँदै नन्दी विद्यालयबाट एसएलसी दिँदासम्म उनलाई पनि साइकलले चिन्न थालेको थियो। केही वर्ष आइएससी पढेपछि उनी फाइन आर्टसतिर लागिन्। अहिले फाइन आर्टसमै उनले स्नातकोत्तर सक्न लागिसकिन्। सानोदेखिको चित्रकलाको सोखले उनको ज्ञानको बाटो फरक बनायो। साइकलको व्यवहार र अभ्यासको ज्ञानले त देश चिनाइरहेकै छ। 

‘रहरबाटै सुरु भएको हो साइकल, केटाकेटी हुँदा साइकलमा सरर हावामा कुद्न कसलाई मन नहोला। कसैले साइकल चलाएको देख्दा आफूलाई पनि चलाउँ जस्तो हुन्थ्यो। अनि गइहाल्थेँ’ बाल्यकाल सम्झिँदै लक्ष्मीले सुनाइन्। 

नुवाकोटबाट कामको शिलशिलामा बाबा काठमाडौं आएपछि काठमाडौंमै हुर्किएकी हुन् लक्ष्मी। परिवारको संघर्ष जस्तै छ उनको साइक्लिङ संघर्ष पनि। यसैले भन्छिन्- ‘ठ्याक्कै यहि बेलाबाट साइक्लिङमा लाग्छु भनेर लागेको याद छैन, संघर्ष गरेर नै अघि बढेको भएकाले साइक्लिङको हरेक मोडमा जति पनि बेला दुःख पर्थ्यो त्यतिखेर त मुस्किल नै थियो।’ 

nimb
nimb
Ncell 2
Ncell 2

अब अगाडि के गर्ने भन्ने सोच नआएका बेला पनि उनले साइकल छाड्ने सोचिनन्। आफैले आफैलाई सधैँ हौसला दिइरहिन्। दुःखलाई पन्छाएर निरन्तर अगाडि बढ्नुपर्छ भन्ने सोचले नै उचाइ भेट्दै छिन्। 

सन् २०१२ तिर हो, लक्ष्मीले ठूला रेसहरु खेल्ने आँट गरेर बढिन्। त्यसअघि नै सन् २०१० मा उनले अन्नपूर्ण सर्किट र मनासलु सर्किट पूरा गरिसकेकी थिइन्। भाडाको साइकलमा भए पनि विश्वास बढ्दै जाँदा यसैमा केही गरौँ भन्ने हुन थालेको थियो। साथीभाइ रेसमा गइरहेको देख्दा उनमा पनि रहर पलायो। 

साइक्लिङमै लाग्छु भन्ने सोचले उनले सन् २०१३ मा नयाँ साइकल लिइन्। आफैले काम गर्ने पाथ फाइन्डर साइक्लिङबाट किनेको साइकलको मूल्य १ लाख २० हजार रुपैयाँ थियो। जसको रकम महिना महिनाको किस्ता गर्दै तिरिन्। साइकलको पैसा तिर्न मुस्किल भए पनि नयाँ साइकलले उनमा थपेको आँट ठूलो थियो। जोश थपिदिएको थियो। लक्ष्मीले साइकल पसलमा दुई वर्ष काम गरिन्। त्यही नयाँ साइकल किनेको पैसा तिर्न पुगुञ्जेलसम्म। 

‘सुरुको दिनमा जुत्ता पञ्जा लुगादेखि साइकलसम्म साथीभाइसँग मागेर रेस खेल्न जान्थेँ। भारत, श्रीलंकासम्म पनि साइक्लिङ जाने अवसर आउँदा साथीभाइसँग सहयोग लिएर नै जान्थेँ। कहिलेकाहिँ जितेर आएपछि तिर्छु भनेर ऋण गरेर पनि जान्थेँ। जितेर आउने सके तिर्ने नसके पछिलाई सार्ने गरियो, त्यस्तोमा नयाँ साइकल किनेपछिको जोश त छुट्टै थियो’ लक्ष्मीले सुरुका दिन सम्झिइन्। 

सन्  २०१९ मा बाइक ट्यान्स एएलपी, इटालीमा लक्ष्मी।

अहिले लक्ष्मीले चढिरहेको साइकललाई ५ लाख २८ हजार रुपैयाँ जति पर्छ। लक्ष्मी १ लाख देखि ५ लाख रुपैयाँसम्मको साइकलमा पुग्दा नेपाली साइक्लिङमा पनि धेरै कुरा फेरिएको छ। कति कुरा फेरिने आश देखिएको छ। लक्ष्मीले अहिले पूर्ण रुपमा खेलाडी मात्र भएर बाँच्न सक्ने आधार खोज्नुमा पनि त्यही फेरिएको माहोलकै भूमिका छ। 

‘अहिलेसम्म पनि पूर्ण रुपमा खेलाडी मात्रै हुँ, कुनै जागिर गरेको छैन। पुर्‍याउन टार्न त झन् धेरै गाह्रो छ। झन महँगो साइकल चढिरहेको छु। एक पटकको सर्भिस गर्दा नै झण्डै २० हजार रुपैयाँ लाग्छ। कतै जानुपर्दा सर्भिस गर्नै परिहाल्यो। धेरै गाह्रो नै छ। झन धेरै ठूलो जिम्मेवारी आएको छ’ उनले भनिन्। 

हुन पनि साइक्लिङ महँगो नै खेल हो। त्यसैले यसमा खेलाडीको निरन्तरताको चुनौती देखिन्छ। महिला साइक्लिङको छुट्टै विधा हुनुअघिदेखि साइक्लिङमा लागेकी लक्ष्मीले त त्यो चुनौती अझ राम्ररी बुझेकी छिन्। जतिबेला अरु पुरुष खेलाडीसँगै उति नै दुरी पार पर्दा पनि पुरस्कार हुँदैन थियो। अरुले पुरस्कार थापेर सँगै फर्किंदा उनी खालि हात फर्किन्थिन्, त्यसैले अब यो कुरालाई फेर्नुपर्छ भन्नेमा उनी लागिपरिन्। 

०००
आठ वर्षअघि आमा स्वर्गीय हुँदा नराम्ररी टुटेकी थिइन् लक्ष्मी। त्यो स्नेहको दुःखबाट कसरी बाहिर निस्कने उनलाई कठीन भएको थियो। त्यसबेला पनि साइकलले नै दिएको हो साथ। 

साइक्लिङ जाँदा उनले आफैलाई सम्झाउने, प्रेरित गर्ने बाटो भेटिन्। उनलाई साइक्लिङ गरिरहँदा एकचित्त ध्यान गरेजस्तो महसुस हुन्छ, जसले जीवनको बाटो स्पष्ट बनाइदिन्छ। भिन्न वातावरणमा घुलमिल गराइदिन्छ। सोच परिवर्तन हुन्छ। ‘त्यो अरुको लागि नभएर आफ्नै लागि साइक्लिङ गरेको हुनाले यसैमा जाँदा मलाई मनमा शान्ति मिल्दो रहेछ, आनन्द लाग्ने रहेछ भन्ने थाहा भयो। त्यसैले निरन्तर गरिराखेँ’ लक्ष्मीले भनिन्। 

अब त लक्ष्मीले जस्तोसुकै अवस्थामा पनि अरु कुराको खर्च कटौती गरेरै साइक्लिङमा नै लगाइरहिन्। त्यसैमा लागिरहन उनको मन खुसी भइरह्यो। लगातारको मेहनतले सफलता पनि देखिँदै गयो। भन्छिन्- ‘१२ वर्षपछिको कमाइ अस्ती साग खेलकुदमा एकैपटक पाइयो जस्तो महसुस हुन्छ। कहिलेकाहिँ भविष्यमा बेरोजगार हुनुपर्छ कि भन्ने सोच पनि आउँछ। त्यसको चिन्ता लाग्छ, काम खोज्ने हो कि भन्ने पनि लाग्छ। तर साइक्लिङ नै सबथोक भइरहेको छ।’ 

सन् २०१५ मा श्रीलंकामा भएको साइकल रेसमा लक्ष्मी।

नेपालमा नै गएको वर्ष भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा लक्ष्मीले माउन्टेन बाइक क्रस कन्ट्री ओलम्पिक २२.५ किलोमिटर साइक्लिङमा स्वर्ण जितिन्। लक्ष्मी यसअघि पनि १२औँ सागमा सहभागी भएकी थिइन्, तर त्यसबेला क्रस कन्ट्री विधा समावेश भएको थिएन। त्यसबेला रोड रेसमा सहभागी हुँदा उनी सातौँ भएकी थिइन्। यसैले उनको प्रतीक्षा क्रस कन्ट्रीकै थियो। 

क्रस कन्ट्रीमा उनमा स्वर्ण जित्ने आत्मविश्वास बलियो थियो। त्यसअघि भारतमा नै गएर पनि धेरै रेस जितेको अनुभवले उनमा स्वर्णको विश्वास बढाएको थियो। ‘सागमा सबैभन्दा बलियो त भारत नै हो। भारतमा गएर जितेर आइरहेको भएर सागमा मैले जित्छु भन्ने लागिरहेको थियो, रोड रेसमा नभए पनि माउन्टेन बाइकिङमा त हामी बलियो हौँ’ उनले सुनाइन्। 

लक्ष्मीका लागि सागको पदकभन्दा अगाडिको अवस्था र अहिलेको अवस्था फेरिएको छ। परिचयका हिसाबले फेरिएको त्यो अवस्था अन्य विषयमा भने उस्तै रहेको उनी बताउँछिन्। भन्छिन्- ‘म साधारण खेलाडी नै हुँ। साइकलमा मात्रै पेशा अपनाएर खेलेको मान्छे। विगतमा पाएको पुरस्कारहरुले अलि अलि जीवन चलाउँदै बसिरहेको हो। अहिले कोरोना पछिको लकडाउनका कारण धेरै कुरा सोच्न बाध्य बनायो। सागमा स्वर्ण पदक जितेको पुरस्कार रकम त पायौँ तर त्यो भन्दा कुनै काम नै भएको भए हुने रहेछ भन्ने सोच पनि आयो। पैसा त खर्च भइहाल्छ।’ 

कोरोनाका कारण भएको लकडाउनको समयमा धेरै खेलाडीलाई मुस्किल नै थियो। अरु खेलमा पनि विभागीय टिमबाहिरका खेलाडीलाई गर्जो टार्नै धौ-धौ रह्यो। लक्ष्मीका लागि त्यो अभावले आवश्यकता जन्माउँछ भने जस्तो पनि भयो। स्वस्थ रहनका लागि उनले फिटनेसका केही अभ्यास घरैमा पनि गरिन्। लकडाउनकै समय धेरैले साइकल लिएर यताउति निस्कन पनि थालेका थिए। 

त्यही लकडाउनकै समय लक्ष्मीलाई पनि लाग्यो- मानिसहरुलाई भित्रबाट बाहिर निकालेर साइकलमा सजिलो बनाउनु पर्‍यो। ‘अहिले साइक्लिङ निकै राम्रो भइरहेको पनि छ, अर्को त यातायातको साधनकै रुपमा पनि साइकलको प्रयोग बढेको छ। त्यसैले साइक्लिङ सिकाउनका लागि ‘नेपाल साइक्लिङ स्कूल’ भनेर सुरु गरेँ’ उनले सुनाइन्। 

लक्ष्मी अहिले त्यहीँ नै साइक्लिङ सिकाउँछिन्। घरभित्र मात्र बसिरहेका मान्छेका लागि बाहिर निस्किएर केही सिक्ने माध्यमका रुपमा त्यसको विकास भएको छ। लक्ष्मी भन्छिन्- ‘भोलि त्यहीँबाट कोही साइक्लिङ खेलमा लाग्ने खेलाडी पो निस्किहाल्छन् कि।’

सन् २०१९ मा बाइक ट्यान्स एएलपी, अस्ट्रियामा लक्ष्मी।

०००
नेपालको भूगोल माउन्टेन बाइकिङका लागि उपहार नै भएको लक्ष्मीको बुझाइ छ। ‘माउन्टेन बाइकिङको लागि यो जस्तो देश धेरै कम छन्। हामीले यहाँ आफ्नो तरिकाले गरेको अभ्यासले पनि विदेशमा गएर खेल्दा प्रतिस्पर्धा पुगिरेहेको हुन्छ। युरोपका खेलाडीलाई हामीले प्रतिस्पर्धा दिन सक्ने खुबी बनेको यहाँको भूगोलमा गरेको अभ्यासले नै हो’, उनी भन्छिन्, ‘यहाँ अझ राम्ररी व्यवस्थित तालिम र लगानी हुने हो भने यहाँका खेलाडीले बाहिर गएर मेडलहरु ल्याउने नै छन्। विश्व साइक्लिङमा हाम्रो राम्रो नतिजा आउनेछ।’ 

काठमाडौं वरपरको डाँडातिर साइक्लिङ सधावहार नै देखिन्छ। लक्ष्मीलाई भने फुर्सदको समयमा मनाङ, अन्नपूर्णतिर नै जान मन पर्छ। उनलाई सबैभन्दा मनपर्ने ठाउँ नै त्यतै हो। अहिलेसम्म दर्जनौँ पटक त्यतै गएकी छन्। टुर बाहेक नै रेसमा पनि आठ पटकभन्दा बढी त्यही क्षेत्र पुगिन्। विदेशीहरु पनि आफूलाई उच्च क्षेत्रमा साइकल चलाउन कत्तिको सक्छु भन्ने थाहा पाउन उतै उक्लन मन पराउँछन्। 

याक अट्याक माउन्टेन बाइक रेसमा काठमाडौँबाट बढेर नुवाकोट, गोरखा, लमजुङ, मनाङको बाटो ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ पास भएर कागबेनी हुँदै म्याग्दीको तातोपानी पुग्दाको रोमाञ्चकता र चुनौती लक्ष्मीले राम्ररी बुझेकी छिन्। झन्डै चार सय किलोमिटरको दूरी नौ दिनमा पूरा गर्दाको उल्लास र अनुभव बेग्लै हुन्छ।  

‘त्यहाँ ओर्लिने र उक्लिने पक्रियामा छुट्टै रोमाञ्चकता हुन्छ। त्यसैले त्यतै जान मन लाग्छ। अन्नपूर्णको काखमा साइकल चलाउन कसले रहर गर्दैन होला। त्यसैगरी अहिले रारातिर, एभरेस्ट बेसक्याम्पतिर पनि तयारी भइरहेको छ’ उनले भनिन्। 

उच्च क्षेत्रमा साइक्लिङ रेसमा सहभागी हुँदा मात्रै होइन विभिन्न समय पर्यटकसँगै टुरमा जाँदा पनि लक्ष्मीले नेपाली भूगोललाई नजिकबाट नियालेकी छिन्। सन् २०१३ मा नै भारतमा रेसमा जान थालेकी लक्ष्मीले दक्षिण एसियाकै भुटान र श्रीलंकासहित युरोपका विभिन्न देशमा साइक्लिङ गरिसकिन्। यो सबै अनुभवले पनि उनलाई नेपाली माटोमा साइक्लिङ कसरी फस्टाउन सक्छ भन्ने बुझाएको छ। 

सन् २०१४ मा उच्च क्षेत्रमा अभ्यास गर्दै लक्ष्मी।

‘सरकारले गरिरहेको काम हेर्दा गर्न खोजिरहेको जस्तो त देखिन्छ तर पूर्ण रुपमा जानकारी नभएको हो कि जस्तो लाग्छ। साइक्लिङको इभेन्टहरुमा लागनी भइरहेको भए पनि खेलका रुपमा साइक्लिङमा हुनुपर्ने जस्तो लगानी भएको देखिँदैन। साइक्लिङ इभेन्ट र टुरिजममा लगानी भइरहेको नै सुनिन्छ’ उनले भनिन्। 

विभिन्न देशमा साइक्लिङका लागि जाँदा विदेशी खेलाडीले नेपालसँग जोडिएर गर्ने कुराकानीले पनि लक्ष्मीको हौसला बढेकै छ। गएको वर्ष युरोपमा भएको रेसमा उनी पाँचौँ भएकी थिइन्। विश्वस्तरीय खेलाडीसहित हजारौँ सहभागी भएको ठाउँमा पाँचौँ हुँदा लक्ष्मीलाई त्यो रेसको सम्झना खुब भइरहन्छ। जर्मनीमा इन्ट्री गरेर अस्ट्रियाबाट सुरु भएको रेस इटालीमा गएर सकिएको थियो। 

त्यो सात दिनको रेसमा लक्ष्मीले विश्व च्याम्पियनहरुसँग प्रतिस्पर्धा गरिन्। उनीहरुसँग कुराकानीमा रहिन्। ‘खेलाडी सबैको मन एउटै हुने रहेछ, भाषा एउटै हुने रहेछ। त्यो भाषा भनेको खेल नै हो। हामीले बोल्नुपर्दा साइकलकै भाषामा बोलिन्छ। सञ्चारको माध्यम नै त्यही साइकल भयो’, उनी भन्छिन्, ‘नेपाल जस्तो ठाउँबाट आएको भनेर कोही अचम्म पनि मान्छन्। कोही कोही सिरियस्ली खेलमा लाग्नेहरु चाहिँ तिमी हाइ अल्टिच्युडबाट आएको हैँ भनिरहेका हुन्छन्।’ 

उच्च पहाडी क्षेत्रमा मात्र होइन सहरमा यातायातको साधनका रुपमा र शारीरिक तन्दुरुस्तीका लागि पनि साइकलमा रहर बढिरहेको देखिन्छ। लक्ष्मीलाई पनि काठमाडौंको भिडभाडमा साइकल चलाएर जान सुरुमै सजिलो भएको होइन। तर उनका लागि अहिलेसम्म नै साइकल यातायातको साधन पनि हो। अहिले त खेलमा लागेको भएर काठमाडौंको सडकमा हुने अस्तव्यस्तको कठिनाइ पनि एउटा चुनौतीको रुपमा लिँदा उनलाई रमाइलो हुने गर्छ। 

‘काठमाडौंको सडक नै हाम्रो स्किल बढाउने माध्यम पनि भयो। मोटरसाइकल र गाडीभन्दा त म छिटो पुग्छु भनेजस्तो सोचेर चलाउँदै जाँदा राम्रै पनि भयो’ उनले भनिन्। हुन त साइक्लिङमा लाग्दा पर्दै गएपछि के हुन्छ भन्ने बुझिँदै पनि गइन्छ। मेहनत गर्ने हो भने यसमा राम्रै गर्न सकिने लक्ष्मीलाई लाग्छ। 

०००
गएको हप्ता लक्ष्मी युवा तथा खेलकुद मन्त्रालयले गरेको खेलकुद प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित भइन्। सम्मान स्वरुप पाएको एक लाख रुपैयाँले उनको दैनिकी केही समय सहज बनाउला तर त्योभन्दा ठूलो उनका लागि हौसला र प्रोत्साहन मिलेको छ। 

सम्मान कार्यक्रममा बोल्दै लक्ष्मीले भनेकी थिइन्- ‘यस्तो प्रोत्साहनले हामीलाई निरन्तर खेलमा अघि बढ्न मद्धत गर्दछ। अरु खेलको माझमा साइक्लिङबाट छनोट भएर सम्मानित हुँदा पनि खुसी लागेको छ। हामीलाई मात्र नभएर अब आउन लागेका खेलाडीलाई पनि यसले प्रोत्साहन मिल्नेछ। भविष्यमा म पनि अन्तर्राष्ट्रिय पदकहरु लेराउने छु।’ 

साइक्लिङ गाइडका रुपमा काममा जाँदा लक्ष्मी।

अब साइक्लिङमा लागिरहने नै लक्ष्मीको योजना हो। उनी आउने अगस्टमा स्विट्जरल्यान्डमा प्रतियोगिता खेल्न जाँदै छिन्। जहाँ उनीसँगै टिममा हुनेछिन् स्पेनकी खेलाडी। ‘यस्तो बेलामा अर्को कुनै नेपाली खेलाडी सँगै टिममा भएर जान पाएको भए हुन्थ्यो भन्ने लाग्छ। तर त्यसको लागि खेलाडीको विकास हुन त समय लाग्छ नै। अहिले स्पेनिस टिमसँग खेल्न पाउनु पनि मेरा लागि धेरै राम्रो कुरा हो’ लक्ष्मीले भनिन्। 

लक्ष्मी बुझ्ने भएदेखि साइकलसँगै छिन्। त्यसैमा बढिरहेकी छिन्। अझै कहिलेसम्म साइकलमै हुन्छु भन्ने उनलाई थाहा छैन। यति थाहा छ- अहिले उनको शरीर हो साइकल। त्यसलाई बाहिर राखेर उनी अपूर्ण हुन्छिन्। 

भिडियोमा हेर्नुहोस् लक्ष्मीको साइक्लिङ कथा

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] बिहीबार, साउन २८, २०८३
पत्रकार किशोर श्रेष्ठको घरमा आज पनि मध्यरातसम्म खानतलासीमा प्रहरी बिहीबार, साउन २८, २०८३
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्