• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चिनियाँ टोलीले जोड्ला त नेकपा?

64x64
दुर्गा दुलाल सोमबार, पुस १३, २०७७  १७:१४
1140x725

काठमाडौँ- तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताका लागि ७ फागुन २०७४ मा सात बुँदे समझदारी भयो। यसअघि आश्चर्यजनक रूपमा दुई पार्टी एक हुने निर्णय तत्कालीन समयमा केपी शर्मा ओली र पुष्पकमल दाहालले गरेका थिए। उनीहरूको निर्णयमा धेरैले तत्कालीन समयमा दीर्घकालीन साझेदारी होला कि नहोला भन्ने आशंका गरेका थिए।

त्यसबेला कतिपय विश्लेषकले नेकपा एकीकरणलाई चिनियाँको खेल हो भन्ने विश्लेषण गरे। नेपालमा बलियो कम्युनिस्ट शक्तिको रूपमा चीनले उभ्याउन चाहेकाले एक भएको उनीहरूको तर्क थियो। कालान्तरमा नेकपाभित्र संकट आउदाँ चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएको र अहिले नेकपा विभाजनमा पुग्दा  चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझोउको आएपछि यसले थप पुष्टि गरेको छ।  

केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'-माधव नेपाल पक्षमा विभाजनमा लगभग नेकपा पुगिसकेको छ। यही मेसोमा चिनियाँ राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई भेटेकी थिइन्। राजदूतका तर्फबाट भएको पहल अपुग भएपछि उनी आएको देखिन्छ। चार दिनसम्म नेपाल भ्रमणमा रहने उनीहरुले नेकपाभित्रको विवाद मिलाएर फर्केला कि त्यसै फर्केलान् भन्ने प्रश्न अहिले चासोको विषय बनेको छ।   

येझोउ उनै व्यक्ति हुन् जसले एमाले र माओवादी एक हुनुभन्दा अघि पनि नेपाल भ्रमण गरेका थिए। तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेतालाई भेटेको सार्वजनिक भएको थियो। उनको भ्रमणले यी दुई कम्युनिष्ट पार्टीको एकीकरणका लागि सूत्रधारका रुपमा काम गरेको रूपमा हेरिएको  थियो। 

यो पनि पढ्नुहोस्

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भर्चुअल कार्यशाला हुँदैशुक्रबार, असार ५, २०७७

येझोउ नेपाल मामिलामा जानकार चिनियाँ नेता मानिन्छन्। ३ असोज २०७५ मा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमण गर्दाताका पनि येझोउले दाहाललाई स्वागत गरेका थिए। 

आइतबार दिउँसो साढे १ बजे विमानस्थलबाट सिधै चिनियाँ दूतावास पुगेका उनले साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर औपचारिक भेटको शिलशिला शुरु गरेका थिए। आइतबार साँझ नै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटे। राष्ट्रपतिसँग करिब एक घण्टा कुराकानी गरेका येझोउले प्रधानमन्त्री ओलीसँग पनि लगभग एक घन्टा कुराकानी गरेका थिए। उनको आगमन परराष्ट्र मन्त्रालयलाई समेत जानकारी भए/नभएको सार्वजनिक भएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको र भारतले यो नेपालको आन्तरिक मामिला भएको भनी टिप्पणी गरेको समयमा उनीहरूको नेपालको भ्रमण चलेको हो। उनले शुरुमा सरकार पक्षलाई भेटको प्राथमिकतमा राख्नुको कारण समस्याको जरो खोज्ने क्रमका लागि देखिन्छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँगको भेटपछि सोमबार बिहानै चिनियाँ टोली अर्का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुगेको थियो। बिहानै पुगेको टोलीले पनि प्रचण्डसँग डेढ घन्टासम्म छलफल गरेको थियो।

यो पनि पढ्नुहोस्

नेकपा-सिसिपी भर्चुअल कार्यशाला- नेपालबाट चीनविरोधी गतिविधि गर्न नदिने नेकपाको प्रतिबद्धताशुक्रबार, असार ५, २०७७

छलफलमा भएका कुराहरु सार्वजनिक हुन नसकेपनि प्रधानमन्त्री र राष्ट्रपतिसँग भएको कुराकानीपछि नेकपा एक हुने मिलनबिन्दुबारेमा कुराकानी भएको आँकलन गरिएको छ। प्रचण्ड भेटेपछि चिनियाँ टोली प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव नेपालसँग भेट गरेको छ। बानेश्वरको एक होटलमा भएको भेटले पनि नेकपाभित्रको विवाद मिलाउनमा केन्द्रित भएको बुझिएको छ। नेपालपछि चिनियाँ टोलीले नेकपाका अर्का नेता झलनाथ खनालसँग पनि टोलीले भेटघाट गरेको छ। भेटको सूचीमा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि छन्। 

Ncell 2
Ncell 2

चीनको प्राथिमिकतामा किन नेकपा एकता?
गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)ले नेकपासँग भाइचारा सम्बन्ध स्थापित गरेको थियो। त्यसपछि पनि बेलाबखतमा दुई पार्टीबीच छलफल हुँदै आएको छ। नेकपालाई एक बनाउन खोज्नु कहीँ न कहीँ चिनियाँ पक्षको यही सम्बन्धले पनि भूमिका खेलेको देखिन्छ। 

यो पनि पढ्नुहोस्

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भएको समझदारीपत्रमा के छ?मंगलबार, असोज ७, २०७६

चीनले अघि सारेको महत्वाकांक्षी परियोजना बिआरआई कार्यान्वयनमा नेपालमा असफल होला भन्ने चासोका साथ नेपालमा बलियो सारथीका लागि पनि चीनले नेकपा विभाजन रोक्न खोजेको देखिन्छ। 

नेपालमा ५ वर्षे सरकारको नेतृत्व नेकपाले लिने सक्ने आँकलनका साथ नै उसले एकीकृत बनाउन भूमिका खेलेको थियो। दुवै पार्टी एकीकृत हुँदा आउने निर्वाचन परिणामले सहजै सरकार बनाउन सकिने र स्थिर सरकारसँग आफूले चाहे अनुसारको सहकार्य गर्ने चिनियाँ चाहना थियो। नेकपाको यो एकता र राजनीतिक स्थिरताले चीनलाई उसले अगाडि बढाएको बिआरआई कार्यान्वयन हुने बुझाइ रहेको विज्ञहरू तर्क गर्छन्। तर अहिले निर्वाचनमा गएमा नेकपा पनि विभाजन हुने र दलहरुले अस्थिर सरकार निर्माण गर्ने भएकाले अमेरिकासहित अन्य देशले बिआरआई असफल बनाउने चीनको बुझाइ छ।  

सिपिसीका विदेश विभाग प्रमुख वाङ यी र नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालबीच २०७५ असोज ७ मा समझदारी भएपछि नेपाल-चीन सम्बन्ध खुल्ला रुपमा नेकपासँग देखिएको थियो। त्यो सहमतिमा राजनीतिक भ्रमणलाई तीव्र पार्ने, पार्टी कार्यकर्तालाई देश र पार्टीबारे बुझाउने, वैचारिक-राजनीतिक छलफल तीव्र पार्ने, विकासको मोडलबारे छलफल गर्नेलगायत उल्लेख थिए।

यो पनि पढ्नुहोस्

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमासोमबार, असोज ६, २०७६

यही समझदारीको जगमा २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणसमेत भयो। चिनियाँ राष्ट्रपति सी जिनफिङले २०७५ असोज २५ मा नेपालको भ्रमण गरी दुई देशबीचको सम्बन्ध र सम्भावनाबारे सकारात्मक सन्देशसमेत दिएका थिए। केरुङ काठमाडौँ रेलदेखि कनेक्टिभिटीका अन्य मुद्दामा चिनियाँ पक्षले अग्रसरता लिएपनि नेपालले ठोस पहल गर्न सकेको छैन। रेलमार्गबारे चीन आफैंले डिपिआरको प्रारम्भिक अध्ययन गरी ‘सम्भव छ’ भन्ने रिपोर्ट दिएको र अरु काम भइरहेको भन्दै आएको छ।

शान्त कूटनीतिबाट कसरी खुल्लमखुल्ला 
चीन प्रायः शान्त कूटनीतिमा विश्वास गर्दै आएको थियो। अरूको आन्तरिक मामलामा हस्तक्षेप गर्ने गरेको यसअघि खासै देखिएको थिएन। तर पछिल्ला भ्रमणहरु हेर्दा त्यो विल्कुलै फरक भएको पाइएको छ। नेपालको हकमा भारतले लगाएको नाकाबन्दीपछि कूटनीतिक शैली फेरिएको थियो र पछिल्ला दिनहरुमा यो शीर्ष रुपमा रहेको कूटनीतिज्ञको बुझाइ छ।  

साढे तीन वर्ष अगाडि नेपालले बिआरआइमा हस्ताक्षर गरेको थियो। तर यो बीचमा यो परियोजनाका लागि नेपालले खास योजना पेस गरेको छैन। तर पनि नेपाललाई चिनियाँ पक्षले यसमा अघि बढ्न घचघच्याई रहेको छ। छिमेकी देश नेपाल नै उसको साथमा भएन भने तिब्बतदेखि उसको बिआरआईसम्मका योजनामा असर पर्ने भएकाले नै उसले साथै लिएर हिँड्न खोजेको र त्यसका लागि नेपालमा उपयुक्त पार्टी नेकपा नै भएको चिनियाँ पक्षको बुझाई छ। यसका लागि नेकपा बलियो शक्ति हुनुपर्ने भएकाले यो विभाजन रोक्ने चिनियाँ चाहना रहेको छ। 

चीनका रक्षामन्त्री वेई फेङ्हेले २०७७ मंसिर १४ गते एकदिने नेपाल भ्रमण पूरा गरेर फर्केका थिए। दिउँसो नेपाल उत्रिएका फेङ्हे साँझमा नेपालबाट बंगलादेशका लागि प्रस्थान गरेका थिए। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका थिए। भारतका तर्फवाट रअ प्रमुखदेखि विदेशसचिवसम्मको भ्रमण भएपछि चीनबाट पनि उच्चस्तरीय भ्रमण भएको थियो। सी चिनफिङले नेपाल भ्रमण गरेको एक वर्षपछि त्यहाँका रक्षामन्त्री वेई फेङ्हेले नेपालको भ्रमण गरेका थिए। 

के भन्छन् जानकार? 
परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराईले अब चिनियाँ कुटनीति विगतको झै नभएको बताए। ‘विगतमा चिनियाँ पक्ष नखुलीकन शान्त रुपमा काम गर्ने गर्दथे। तर अब खुल्ला रुपमा आएर भेट्ने र आफ्ना कुरा राख्न थालेका छन्,’ पूर्व प्रधानमन्त्री सुशीला कोइरालाका परराष्ट्र सल्लाहाकार भट्टराईले भने, ‘कुराकानी के भएको छ बाहिर आएको छैन। तर खुल्ला रुपमा आएको भने अब नौलो  रहेन।’ 

यो पनि पढ्नुहोस्

सकियो चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण, के हो २ छिमेकीको सन्देश?आइतबार, मंसिर १४, २०७७

चिनियाँको मुख्य चासो भनेको सधैको जस्तो सुरक्षा भएको भन्दै भट्टराईले अहिले नेकपाको कुरा पनि त्यसैको एक पाटो भएको बताए। ‘नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी कायम होस् भन्ने चिनियाँहरुको शुभेच्छा धेरै पहिले नै खुल्ला रुपमा देखिएको हो,’ भट्टराईले भने, ‘नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीका विचमा समझदारी पत्रमा हस्ताक्षर नै भएर अघि बढेको थियो।’

पार्टी मिलाउन आएको सबैले भनेका छन्, 'अब अहिले नेकपा नेताहरुलाई एकपछि अर्को रुपमा भेटेकाले यही भन्न सकिन्छ। अबको मुख्य सन्देश भनेको चिनियाँ पक्षले अब हामी चुप बस्दैन। खुल्ला रुपमा आइसकेका छौँ भन्ने हो,’ भट्टराईले भने। 

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ पक्ष नेकपा मिलाउन आउने भएकाले थप टिप्पणी गर्न उपयुक्त नहुने उल्लेख गरे। ‘राष्ट्रपति भण्डारीदेखि माधव नेपालसम्मको भेटले यसैका लागि भएको हो भन्ने पुष्टि गरेकै छ त,’ श्रेष्ठले भने, ‘नेपालका बलियो एउटा चिनियाँ शक्ति भएको चीनको चाहना हो। त्यसका लागि अन्तिम समयसम्म उसले भुमिका खेल्छ।’

बिआरआईदेखि अमेरिका र अन्य देशहरुको चहलपहल नेपालका बढिरहेको र तिब्बत मामला झन् पेचिलो हुनसक्ने आँकलनका साथ चिनियाँ पक्ष नेपालमा खुल्ला रुपमा आउने संकेत देखाएको उनको बुझाइ छ। 

केही समयअघि भारतीय भ्रमणकै बीचमा चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले आएका थिए। राष्ट्रपति सीपछिको उच्च नेतृत्वको भ्रमणका क्रममा उनी नेपाल आएका थिए। नेपाल उनको प्राथमिकतामा पर्नु भनेको चीन अब शान्त कुटनीतिबाट आक्रामक रुपमा खुल्ला कुटनीतिमा आएको संकेत भएको परराष्ट्र मामिलाका जानकाहरुको बुझाई छ। यद्यपि विभाजनको तहमा पुगेको नेकपालाई पुनः जोड्न चिनियाँ टोली सफल होला नहोला भन्ने यकिनका साथ भन्न सकिने अवस्था छैन। 

प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनको भनाइ छ। नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग... बुधबार, मंसिर २४, २०८२
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल ७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रि... बुधबार, मंसिर २४, २०८२
अब सक्रिय राजतन्त्र सम्भव छैन : धवल शमशेर राणा उनले सक्रिय राजतन्त्रसँग आफूहरू सहमत नभएको तर नेपालमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् । आफूहरूले राजासँग भेटेर यसबारे स्... मंगलबार, मंसिर २३, २०८२
ताजा समाचारसबै
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
आज १८ दिनका लागि ४० अर्ब झिक्दै राष्ट्र बैंक बुधबार, मंसिर २४, २०८२
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
सरकारले तीन महिने मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने बुधबार, मंसिर २४, २०८२
प्राधिकरण फर्किएर हितेन्द्रले  भने : अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्