काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नागपोखरीस्थित मेरियट होटलमा आयोजित एक नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका हुन्।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको उपस्थितिमा हस्ताक्षर भएको हो।
के छ समझदारीपत्रमा?
समझदारीपत्रमा उच्चस्तरीय भ्रमणदेखि विचार–सिद्धान्तमा आधारित वार्षिक कार्यक्रमसम्म रहेको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले फेसबुकमार्फत जानकारी दिएका छन्। उनका अनुसार समझदारी पत्रमा रहेका ६ बुँदा यस्ता छन्–
१. उच्चस्तरीय भ्रमण
२. कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
३. पार्टी-पार्टी अनुभव आधारित सहयोग आदानप्रदान
४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदानप्रदान
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६. विचार-सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन
(तस्बिर : रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।