काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ काठमाडौं आइपुगेका छन्।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निमन्त्रणामा ताओ सोमबार काठमाडौं आइपुगेका हुन्।
मध्यान्ह करिब साढे १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका ताओलाई नेकपाका स्कुल विभाग उपप्रमुख वेदुराम भुसाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले स्वागत गरेका थिए। चिनियाँ राजदूत यान्छी पनि साथमै थिइन्।
ताओ नेकपा स्कुल विभागको आयोजनामा सोमबारबाट राजधानीमा हुँदै गरेको दुईदिने छलफल कार्यक्रममा भाग लिन आएका हुन्। उनी तीन दिन काठमाडौं बस्ने कार्यक्रम छ।
(तस्बिरः बिष्णु रिजालको फेसबुकबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।