काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका ६७ सांसदमध्ये ३७ सांसदको अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा भीम आचार्य प्रस्तावित, तीन मन्त्रीले दिए राजीनामा
२) प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टीको काठमाडौंमा प्रदर्शन, प्रधानमन्त्री ओली चालीसको दशकदेखि प्रतिगमनका पक्षमा भएको डा. बाबुराम भट्टराईको आरोप, संसद बैठक बोलाउन सभामुखलाई आग्रह
३) सरकारले जलविद्युत क्षेत्रमा मात्रै लगानी गर्न स्थापना गरेको हाइड्रो एचआइडिसिएलमा साढे ५ अर्ब गोलमाल, सरकारले गुमायो १ अर्ब १६ करोड रुपैयाँ
४) चिनियाँ अर्थतन्त्रले सन् २०२८ सम्म अमेरिकी अर्थतन्त्रलाई उछिन्ने एक अध्ययनको निष्कर्ष, सन् २०३० को सुरुसम्म जापान डलरका हिसाबले तेश्रो ठूलो अर्थतन्त्र रहने र त्यसपछि भारतले उछिन्ने उल्लेख
५) र, दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा लुम्बिनीको दोस्रो जित, कर्णाली दोस्रो खेलमा पनि पराजित
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।