• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

आन्तरिक पर्यटन प्रवर्द्धन नै यो क्षेत्र बचाइराख्ने विकल्प हो : डा धनञ्जय रेग्मी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, पुस १२, २०७७  १२:५४
1140x725

सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रको सहकार्यमा अगाडि बढ्ने भनेर बारम्बार बताउने गरेको छ। के सरकारले भनेजस्तै गरी  पर्यटनसँगै जोडिएका गन्तव्यको प्रचार तथा नयाँ गन्तव्यको विकास भइरहेको छ त? सरकारले सन् २०२५ भित्र कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने लक्ष्य पनि लिएको छ।  तर, कोभिड–१९ का  कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। कोभिडकै कारण यो क्षेत्रमा १० अर्ब भन्दा बढी क्षति भएको आँकलन गरिएको छ। यस्तो अवस्थामा नेपालको पर्यटनलाई बचाइराख्न कस्ता कार्यक्रम अगाडि सारिएको छ ? यही सेरोफेरोमा रहेर नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीसँग नेपाल लाइभका उत्तम काप्रीले गरेको कुराकानीको सम्पादित अंश-

कोभिडका कारण सबैभन्दा बढी प्रभावित नेपालको पर्यटन क्षेत्रमा विस्तारै गतिविधि सुरु हुन थालेका छन्। अब यस क्षेत्रलाई कसरी पहिलेकै अवस्थामा फर्काउन सकिन्छ? बोर्डले कस्ता कार्यक्रम अगाडि बढाउँदै छ?
अहिले पर्यटन क्षेत्र शिथिल भएको छ। यसलाई हामीले २ वटा पाटोबाट हेरेका छौं। पहिलो आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई अगाडि बढाउनु पर्नेछ। त्यसैअनुसार अगाडि बढने तयारी भएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन नगर्ने हो भने पर्यटन क्षेत्र दिगो हुन नसक्ने अवस्था छ। यहीकारण पर्यटन बोर्डले सोही अनुसार कार्यक्रम ल्याएको छ। 

पर्यटन उद्योगलाई कसरी बचाइराख्ने भन्ने विषय नै अहिलेको प्राथमिकता हो। फेरि पहिलेकैे ठाउँमा कसरी पुग्ने भने विषय पनि छ। त्यसका लागि पनि अन्तर्राष्ट्रिय पर्यटक आउनुपर्छ। तर उनीहरु अहिले नै आइहाल्छन भन्ने अवस्था छैन। तर, हामीले केही बढी उदार नीति लिएका छौं। उडानसहितका सबै पर्यटकीय गतिविधि खुला गरिसकेका छौं। सांस्कृतिक सम्पदा खुल्ला भएका छन्। जसले गर्दा तत्कालको अवस्थामा आन्तरिक पर्यटनको माध्यमबाट अगाडि बढ्न सक्छौं भने हाम्रो लक्ष्य हो।

अहिले हामी ‘अफ सिजन’ मा प्रवेश गरिसकेका छौं। अब मार्चसम्म केही हुनेवाला नै छैन। त्यसकारण यो बेला गर्न सक्ने काम भनेको आन्तरिक पर्यटन प्रवर्द्धन नै हो। त्यसकारण मैले  र हाम्रो बोर्डको टिमले आन्तरिक पर्यटन प्रोत्साहनका कार्यक्रम अगाडि बढाउनु पर्छ भन्दै आएका छौं । त्यसैअनुसार बोर्डले पोखरामा अंग्रेजी नयाँ वर्षमा सडक महोत्सव गर्ने भएको छ। यसले पनि आन्तरिक पर्यटनको क्षेत्रमा केही सन्देश अवश्य दिन्छ।

यसबीचमा हामीले तराईलक्षित कार्यक्रम गरेर ‘जाउँ है पोखरा’ अभियान पनि सञ्चालन गरेका थियौं। पूर्व–पश्चिम साइकल यात्रा गरेर आन्तरिक पर्यटन प्रवद्र्धनका काम गरेका छौं। हामीले पुष्कर शाहको नेतृत्वमा साइकल र्‍याली नै चलाएको थियौं। अहिले हामीले प्रत्येक प्रदेशका व्यवसायीलाई घुम्न पठाएर ‘आउँ है हाम्रोमा’ भन्ने अभियान चलाएका छौं। जबसम्म आन्तरिक पर्यटनमा व्यवसायी आफै संग्लन भएर घुम्दैनन् वा घुम्न सक्ने वातावरण छ भन्न सक्दैनन् तबसम्म अन्य जनमानस घुम्न निस्कदैनन्। 

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हामीले सुरुमा ‘रिभाइभल कमिटी’ बनाएका थियौं । अहिले फेरि प्रदेशस्तरीय रिभाइभल कमिटी पनि बनाएका छौं। योसँगै बोर्डले सबै प्रदेशमा १५ दिनभित्रै कर्मचारी उपस्थित गराउने गरी प्रदेशमा शाखा कार्यालय खोलेर कर्मचारी पठाइसकेको छ।

यस्तै, सीमाका पर्यटकलाई  तान्न पनि सात वटा सहरको पहिचान गरेर प्रवर्द्धन गर्ने र आफूसँग जोडिएको भारतको प्रदेशका सहर मा गएर प्रचार प्रसार गर्ने  कार्यक्रम पनि अगाडि बढाएका छौं।

nimb
nimb
Ncell 2
Ncell 2

जब देशमा संकट आउँछ वा विश्वमा संकट पर्छ हामी आन्तरिक पर्यटन प्रवर्द्धनका कुरा अगाडि सार्ने गछौं। कतै आन्तरिक पर्यटन गफ गर्ने विषय त बनिरहेको छैन? हामी कहाँ चुकिरहेका छौं त आन्तरिक पर्यटक प्रवर्द्धनका कार्यक्रम छनोट गर्दै गर्दा?
अवश्य पनि हामी चुकेका छौं । २०७२ को भूकम्पले देशमा सबै ठाउँमा असर गरेको थिएन। त्यो हाम्रो देशको कुनै क्षेत्रको समस्यामात्रै थियो। तर, अहिलेको कोभिड विश्व महामारी नै हो। यसलाई भूकम्पसँग जोडन मिल्दैन। त्यसबेला पनि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने विषय अगाडि बढेको थियो। त्यसबेला विदेशीहरुमा पनि नेपाललाई सहयोग गर्नु पर्छ भन्ने भावना जागृत भएको थियो। दातृ निकाय र प्रोजेक्टहरु धेरै नै आएका थिए। नेपाल आउने गैरआवासीय नेपालीको संख्या पनि बढेको थियो। विदेशी नै आएपछि आन्तरिक पर्यटनका कार्यक्रम छाडिएका पनि हुन सक्छन्।

साँच्चिकै त्यो बेला भ्रमणमा कहाँ जाने भन्दा नेपाल भन्ने भएको थियो। एक त घुम्न पाइने, अर्को सेवा पनि हुने। योसँगै हामीले नेपाल आउने संख्या कम हुन्छ भने आँकलन गरेका थियौं, तर, त्यसको उल्टो भयो। तर,अहिले त संसारभर महामारीको समस्या छ । भूकम्पपछि पर्यटन क्षेत्र सहजै लयमा फर्केजस्तो अहिले त्यो सम्भव छैन।

जबसम्म हामी आफै घुम्दैनौं, घुमघामका लािग प्याकेज बनाउँदैनौं, तबसम्म यो गफ नै हो भन्न मिल्छ। तर, अहिले हामीले जुन हिसाबले प्याकेज ल्याएका छौं, तथा व्यवसायीहरुलाई घुमाइरहेका छौं। यसलाई त गफ भन्न मिल्दैन। उदाहरणका लागि झापाको  व्यवसायी ताप्लेजुङ पुगेकै छैनन् भने उसले त्यहाँको प्याकेज नै बिक्री गर्दैन। त्यही भएर आज हामीले झापाका व्यवसायीलाई ताप्लेजुङ पुर्‍याएका छौं। यसले प्याकेज बिक्री गर्न सहज भएको छ। पहिले कसरी आन्तरिक पर्यटनका काम हुन्थे, मलाई थाहा छैन। तर मैले आन्तरिक पर्यटनबाट मात्रै यो क्षेत्रलाई दिगो बनाउन सकिन्छ भनेर कार्यक्रमहरु  चलाइरहेको छु।

समग्र नेपाल नचिनेका नेपालीहरु नेपालभर घुम्न जान चाहे भने तपाई‌हरुले दिन सक्ने प्याकेज के–के छन् ? 
हामीले टानसँग मिलेर ६८ वटा प्याकेज बनाएर दिइराखेका छौँ। यसमा पूर्वदेखि पश्चिम नेपालका सबै ठाउँमा घुम्न जान सक्ने हिसाबले ६८ वटा प्याकेज बनाएका छौँ। हामीले बनाएका प्याकेजै किनेर हिड्ने मान्छेहरु कमै छन्। 

आजको अवस्थामा मान्छे घुम्न निस्किनै डराएका छन्। त्यसका लागि अरुलाई घुम्न जाउँ भनेर कन्भिन्स गर्नुअघि आफैं घुमेको हुनुपर्छ भनेर साढे २ लाखका दरले पैसा दिएर प्रत्येक प्रदेशका व्यवसायीलाई अर्को प्रदेशमा पठाउने अभियान चलाएका छौँ। 

पश्चिमका व्यवसायी पूर्व र पूर्वका व्यवसायी पश्चिम घुम्नु भनेको एउटा आकर्षण हो। अहिले पश्चिमका व्यवसायीहरु हामी पूर्वसम्म टुर गर्छौँ भनिरहेका छन्। मैले पूर्वमात्र होेइन उत्तर दक्षिण पनि गर्नुपर्छ भनेको छु । यदि तपाईं हामीले नेपाल चिन्ने हो भने आज सबैतिर घुमे पो भोलि प्याकेज बेच्छौँ । 

तर कोभिडले गर्दा कार्यान्वयन अपेक्षाअनुसार हुन सकेको छैन। 

विदेशी पर्यटकलाई जुन हिसाबले सम्मान दिन्छौँ, आन्तरिक पर्यटकलाई पनि सोही किसिमले सम्मान दिऔँ। होटलहरुमा नेपालीलाई दाइ भनेर नबोलाऔँ, सर नै भनेर बोलाऔँ भनेका छौँ। भारतीय पर्यटकलाई पनि नहेपौँ। सबैलाई सभ्य व्यवहार गरौँ भन्ने हामीले जोड दिइरहेका छौँ।

काठमाडौंका होटलबाट राति १०  बजे नै प्रहरीले छापा मार्ने प्रवृत्ति बढेको छ । यो समस्यामाथि तपाईंले कसरी काम गरिरहनु भएको छ? 
पर्यटन बोर्ड आफैँमा नियामक निकाय होइन। हामी प्रचारप्रसारमा बढी केन्द्रित हुनुपर्ने हो। तर, अहिले प्रचारप्रसारसँगै पर्यटनलाई दिगो बनाउनु पर्नेछ। यो उद्योग दिगो भए पो प्रचारप्रसार। त्यसैले यसभित्र रहेका समस्या केलाएर मन्त्रालयलाई बारम्बार भनिरहेका छौँ । समस्या समाधान गर्ने काम मन्त्रालयको हो। पर्यटकीय क्षेत्रमा पर्यटक प्रहरीको संख्या वृद्धि गर्ने, पर्यटक प्रहरीहरुलाई पर्यटकमैत्री बनाउने  र उहाँहरुबाटै यस्तो अनुगमन हुने भन्ने छ । ठमेलका क्षेत्रहरुमा पनि सबैले आएर छापा हान्न नपाउने भन्ने कुरा हामीले अगाडि बढाएका छौँ । 

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्य पहिचान गर्ने, प्रचार गर्ने कुनै कार्ययोजना अगाडि बढाइएको छ ? 
दुई/चार वटा पर्यटन गन्तव्य यस पटक आफैँ आए । जस्तै बाहुबली झरना। त्यो पनि एक साइकलयात्रीले फोटो हालेको भरमा आफैँ आएको हो । अस्ति तनहुँको मास्किकोटको कुरा आफैँ आयो । यस्ता ओझेलमा परेका गन्तव्य आफैँ आए । यो बेला नयाँ गन्तव्यका लागि योजना बनाउने बेला हो ।

नयाँ तरिकाले पर्यटन व्यवसायलाई सोच्ने बेला पनि हो । फेरि पनि हिमाल र क्लाइम्बिङ बेचेर मात्रै रिभाइभ हुँदैनौँ भन्नेमा हामी छौँ। मन्त्रालयमा प्रत्येक बजेट बनाउँदादेखि नै सुझाव दिइरहेका छौं ७ प्रदेशमा ७ वटा हिल स्टेशन बनाउनुपर्छ भनेर । २ नम्बर प्रदेशमा हिल स्टेशन हुन नसके पनि जनकपुरमा ३२ बिघाको एउटा जग्गा छ । त्यहाँ बृहत मनोरन्जनदेखि धार्मिक स्थल तथा होटल जोन बनाउन सकिन्छ। त्यसबाहेक अन्य क्षेत्रमा इन्टिग्रेटेड हिल स्टेशन बनाउन सकिन्छ, जहाँ बच्चाहरु खेल्ने ठाउँ हुन्, राम्रा होटल हुन् । सबै प्रकारका सुविधा हुन्। त्यसवरपर अन्य पूर्वाधार विकास गर्दै जाने भन्ने धारणाले यो अगाडि बढेको छ । यसमा बजेट पनि छुटयाइएको छ । सरकारले विभागमार्फत् काम अगाडि बढाएको छ । 

आन्तरिक पर्यटनमा एकताका जंगल पर्यटन डलर उब्जाउने ठाउँको रुपमा परिचित थियो। यसको विकासमा बोर्ड कसरी अगाडि बढ्दै छ?
जंगल पर्यटनका प्रोडक्ट मास्ने काम पहिले हामीबाट नै भएको हो। यसमा विगतमा केही गल्ति भएजस्तो मलाई लाग्छ । कुनै पनि उत्पादन कुनै पनि देशमा स्थापित गर्न समय लाग्छ । नेपालको जंगलभित्रका खोलिएका केही लज, रिसोर्ट एउटा स्थापित प्रोडक्ट थियो । जसमा प्रतिदिन ४/५ सय डलर पैसा तिर्नेहरुको राम्रो फ्लो पनि थियो । यो हट्नेबित्तिकै एउटा/दुईटा एयरपोर्टहरु पनि बन्द भए। यसको फाइदा भने अफ्रिकी मुलुकहरुले लिए। भारतले पनि आज आफ्नो नेशनल पार्कभित्र रिसोर्टहरु खोल्न दिएको छ । 

भारतले पर्यटन हामीसँग सिक्यो। तर उता गएर उनीहरुले राम्रो–नराम्रो छुट्याउन सके। हामीले त्यो बेला बन्द गर्नु हुँदैन थियो । त्यो बेला के कारणले बन्द भयो । मैले  प्रत्यक्ष त देखेको होइन। तर जे गरिएको थियो, गल्ती गरेको हो। यो भइसकेपछि बरु अहिले एलिफेन्ट राइडिङ नगराएर एलिफेन्ट सेन्चुरीको कन्सेप्टमा जाऔँ भन्नेमा म पुगेको छु, जहाँ हजारौँ मान्छे आएर हेरुन्। होइन भने नेपालको एउटा नेशनलपार्कमा एलिफेन्ट सेन्चुरी बनाउँ, अर्कोमा एलिफेन्ट राइडबाट गरौँ । त्यसरी चाहिँ जान सकिन्छ ।

 अर्को कुरा हामीले निकुन्जभित्रका लज हटायौँ। तर ५०/१०० वटा जिप दिनभरि भित्र डुल्न दिएका छौँ । के यो फ्रेण्ड्ली भयो त ? नीति निर्माण तहमा बसेका मानिसहरु यसमा स्पष्ट छैनन्? उनीहरुलाई नै बुझाउन जरुरी छ । त्यहीँ भएर यो गलत छ। 

पोखराको क्षेत्रीय विमानस्थल एक/दुई वर्षमा हामी सञ्चालनमा ल्याउँदैछौँ । सोहीकारण पोखराको सबैभन्दा महंगो प्रोडक्ट प्याराग्लाईडिङ/स्काईराइडिङ मास्दैछौँ । त्यो व्यवसाय बन्द हुँदै गर्दा आन्तरिक पर्यटनलाई धक्का लाग्ने अवस्था रहन्छ कि रहँदैन ? 
पोखरामा ३ किलोमिटरको ओपन स्पेस हो । त्यसको नजिकै स्वरेकमा १२३ किलोमिटर ओपन स्पेस भएको अर्को ठाउँ दिइएको छ । जहाँ कुनै दुर्घटनाको खतरा  छैन। कुनै एयरलाइन्सको एयर-वेमा पर्दैन । प्याराग्लाईडिङमै रुची भएको मान्छे एक दिनको समय बढाएर भए पनि स्वरेकको डाँडामा गएर भए पनि प्याराग्लाइडिङ गर्न सक्छन्। यसले कुनै समस्या पार्दैन । अझ प्याराग्लाइडिङका लागि पोखराबाट हेर्दा एउटा हिमाल देखिन्थ्यो भने स्वरेकबाट धेरै हिमाल देखिन्छन् । त्यसले गर्दा हामीसँग प्रचुर सम्भावना छ । 

टानलाई बेच्ने टिम्स पर्यटन बोर्डले आफैँ व्यवस्थापन गर्न सक्दैन ? 
टिम्सको कार्यविधिमा एउटा सहमति भएको थियो। सोही सहमति अनुसार टानलाई पैसा लिएर मात्रै टिम्स किनेर बेच्न दिएका छौँ । त्यो पैसा पर्वतीय क्षेत्रको विकासमा प्रयोग गर्ने भन्ने छँदैछ । त्यो सहमतिमै छ । उहाँहरुलाई हामीले अकाउन्ट पारदर्शी बनाउन, परेका खर्चमा लेखाजोखा देखाउन र आन्तरिक लेखा परीक्षण तथा महालेखा परीक्षण बनाएर स्पष्ट सहमति गर्न असमर्थ छौँ भनेर निर्देशन दिएका छौँ । उहाँहरुले काम गर्दै हुनुहुन्छ । उहाँहरु त्यसमा सफल हुनु भयो भने हामी सहकार्य गरेर अगाडि बढ्छौँ । उहाँहरुको एकाउन्टिङ सफा देखिएन भने माथिको निर्देशनले के भन्छ त्यही गर्छौँ । 

तपाईंहरु पर्यटन प्रवर्द्धन गर्नुहुन्छ । तपाईंहरु नजिकै बसेको विभागले पर्यटन पूर्वाधार विकास गर्छ । यी दुई संस्थाबीच समन्वय कत्तिको हुन्छ ? 
विगतका वर्षमा खासै सहमति हुन सकेको थिएन। यो वर्ष हामी आइसकेपछि बजेट बनाउँदा नै कुन ठाउँमा कसरी विकास गर्ने भनेर हाम्रा केही सुझाव लिनु भएको छ । चलिआएको परम्परामा परिवर्तन ल्याउन गाह्रो हुँदो रहेछ । अहिले विभागको महानिर्देशकले हाम्रो सुझाव लिइराख्नु भएको छ। हामीबीच सहकार्य बढेको छ । 

बोर्ड डिजिटल मार्केटिङमा गइसकेको छ कि पुरानै प्रचार शैलीमा छ ? 
हामी शतप्रतिशत डिजिटलमा गइसकेका छौँ । पुरानो मार्केटिङको अवस्था पनि छैन । पहिलाजस्तो छैन। अब यो वर्षबाट समग्र नेपालको पर्यटकीय गन्तव्य पनि डेटाबेशमा ल्याउने भनेर अगाडि बढेका छौँ । 

आन्तरिक पर्यटनमै जोडिने विषय हो होम स्टे। हामी आन्तरिक पर्यटनमा खर्च पनि बढाउनुपर्छ भन्छौँ। पाँच तारे होटल भएका ठाउँमा पनि होम स्टे छन् । तिनले आफ्नो संस्कार संस्कृति बिर्सिसकेका छन्। होम स्टेलाई आन्तरिक पर्यटनमा कसरी जोड्न सकिन्छ ? 
होम स्टे कहाँ कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट छैन । ठमेलमा यति धेरै होटल छन्, सँगै होम स्टे पनि राखिएका छन्, जुन पुरै गलत छ । होम स्टे भनेको होटलको सुविधा नभएको तर पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्यमा त्यहीँकै संस्कृतिसँग घुलमिल हुँदै रैथाने खाना खान पाउने ठाउँ हो। तर अहिले यसमा विचनल आइरहेको छ। करको दायरामा नआइ पनि होम स्टे सञ्चालनमा आएका छन्। होम स्टे अवधारणा थाहा नपाइकन चलाउने प्रवृत्ति बढेको छ। 

विदेशमा हामी कसरी नेपालको प्रचारप्रसार गर्न सक्छौँ ? 
हामीले भारत र चीनमा कसरी जाने भनेर तयारी गरेर बसेका छौँ । भारतसँग बारम्बार वार्तामा छौँ । भर्चुअल मिटिङहरु गरिरहेका छौँ । नयाँ प्रोडक्टका बारेमा जानकारी गराइराखेका छौँ । भारत यसमा तयार छ । मध्यपूर्व अहिलेसम्म फोकस नभएको बजार हो । मध्यपूर्वमा अहिलेसम्म श्रमिकहरु मात्र आपूर्ति गर्ने हो भनेर जुन हिसाबले लिएको थियो । भर्खरै बहराइन र कतारबाट उच्चपदस्थ व्यक्तिहरुको आगमन भएसँगै हामीले त्यता पनि ध्यान केन्द्रित गरेका छौँ। लुम्बिनीबारे कुन–कुन मुलुकमा कसरी प्रचार गर्ने भनेर हामी तयारी गरिरहेका छौं। अब हाम्रो फोकस भनेको संसारभरका ६५ करोड बौद्ध धर्मालम्बी हुन्। तिनीहरुबाट एक प्रतिशत नै ल्याउन सक्यौँ भने पनि पुग्यो नि त । त्यहाँ अन्तराष्ट्रिय विमानस्थल बनिरहेको छ । त्यो बनिसकेपछि ठूलो राहत पाउन सक्छौँ भन्ने विश्वास छ । 

पोष्ट-कोभिडको अवस्थामा अन्तर्राष्ट्रिय बजारबाट कसरी पर्यटक ल्याउन सकिन्छ?
पर्यटक सबैभन्दा बढी लुम्बिनी नै आउछन्। आजको दिनमा संसारले नेपालजस्तो देश खोजिरहेको छ। त्यसमा पनि नेपालका मध्यपहाडी क्षेत्रहरुमा हामीले पर्यटन प्रवद्र्धन गर्न खोजिरहेका छौँ, जहाँ जनसंख्या कम छ । सजिलै दुरी कायम गरेर बस्न सकिन्छ । हामी यी उत्पादनलाई लिएर जाने भन्दैछौँ । 

यी सबै काम गर्नका लागि बोर्ड आर्थिक रुपमा सबल छ ? 
यो एउटा सबैभन्दा गाह्रो प्रश्न हो । नेपाल पर्यटन बोर्डले डेढ अर्बको बजेट बनाउँदै आएकोमा, त्यति पैसा उठ्ने गरेकोमा यो वर्ष हाम्रो आयस्रोत सुक्यो । हामीसँग १४ करोड थियो । अन्य कुराहरु व्यवस्थापन गरेर हामीले ८० करोडको बजेट बनाए पनि पर्यटक नआएकाले त्यो हिसाबले पैसा आएन। र, आज हामीसँग जे छ, त्यही थोरै पैसाले पनि अधिकतम ‘आउटपुट’ दिने हिसाबले हामी काम गरिरहेका छौँ। 

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सदनमा माननीयहरु हराएपछि...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान
ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
अमेरिकी डलरको मूल्य स्थिर, अन्यको कतिमा हुँदैछ खरिद बिक्री? बुधबार, साउन २७, २०८३
सदनमा माननीयहरु हराएपछि... मंगलबार, साउन २६, २०८३
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान मंगलबार, साउन २६, २०८३
ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना मंगलबार, साउन २६, २०८३
ब्रोडपिक आरोणका क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो [तस्बिरहरु] मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्