काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार काठमाडौंमा वृहत नागरिक प्रदर्शन, समृद्धिको यात्रा, ओलीको गाईजात्रा ! लगायतका नारासहित सडक नाटक प्रस्तुत, १८ गतेसम्म दिन बिराएर प्रदर्शन गरिने
२) बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि नयाँ सरकार गठनमा कांग्रेस निर्णायक, ११० सदस्यीय प्रदेश सभामा ४६ सासंदद्वारा अविश्वास प्रस्ताव दर्ता, सरकार बनाउन ५६ मत आवश्यक
३) घट्दो व्याजदर र ब्रोकर कमिसनले आगामी साता बजार बढ्न सक्ने, १५ भन्दा धेरै वाणिज्य बैंकको बुक क्लोज हुँदै, शेयर किन्ने लगानीकर्ता बढ्नसक्ने भएकाले नेप्से सुचक सुधार हुने विश्लेषण
४) इथियोपियामा पछिल्लो केही दिनमा भएका सशस्त्र समूहसँगको झडपमा परी मृत्यु भएकाहरुको सङ्ख्या २०७ पुग्यो, द्वन्द्वकाबीच आगामी जुन महिनाका लागि संसदीय निर्वाचनको घोषणा
५) र, दाङको देउखुरी आजबाट सुरु महिला प्रधानमन्त्री कप अन्तर्गतको पहिलो खेलमा लुम्बिनीको जित, प्रदेश २ तीन विकेटले पराजित, लुम्बिनीको जितमा ओपनर गीता गोसाइले सर्वाधिक २३ रनको योगदान
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।