काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) प्रतिनिधिसभा विघटनविरुद्ध ‘हामी यहाँ छौं’ भन्दै नेकपा प्रचण्ड–नेपाल पक्षको प्रदर्शन काठमाडौंमा, प्रचण्ड–नेपालसहितका नेताले बुझाए निर्वाचन आयोगमा २९७ केन्द्रीय सदस्यको हस्ताक्षर ।
२) प्रतिनिधि सभा विघटनको प्रभाव अन्य प्रदेश सभामा पनि पर्न थाल्यो, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा ४५ सांसदको हस्ताक्षर, पौडेलको स्थानमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताव ।
३) मुक्तिनाथ विकास बैंकबाट प्रवद्र्धित कम्पनीले अलपत्र पार्यो ५० हजार मेट्रिक टन मलका दुई ठेक्का, ‘शैलुङको जमानत जफत नगर्न अदालतको अन्तरिम आदेशपछि कारबाही प्रकृया अगाडि बढाउन कठिन’ ।
४) ट्रम्पका ज्वाईंसहित रूसी गुप्तचरसँग गोप्य भेटघाटको आरोप लागेका व्यक्तिलाई उन्मुक्ति, राष्ट्रपति ट्रम्पको कार्यकाल अन्त्य हुनै लाग्दा एकपछि अर्को उन्मुक्ति गरिएको भन्दै ट्रम्पको आलोचना ।
५) र, अखिल नेपाल फुटबल संघद्वारा सहिद स्मारक सी डिभिजन लिग फुटबलको मिति घोषणा, चैतबाट लिग सुरु गर्ने निर्णय, सी डिभिजन क्लबले तयारी खर्च ९ लाख पाउने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।