काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) नेकपाको प्रचण्ड–नेपाल पक्षले शुक्रबार वृहत विरोध प्रदर्शन गर्ने, नेपाल बन्दसमेत हुन सक्ने प्रचण्डको भनाइ, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा केन्द्रीय संघर्ष समिति गठन ।
२) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले कार्यकारी अध्यक्ष प्रचण्डलाई पदबाट हटायो, प्रचण्ड–नेपाल पक्षको टाउको मात्र ठुलो भएको तर तल जनाधार नभएको ओलीको आरोप ।
३) भारतीय सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा निर्माण पशुपतिको धर्मशालामा बतास अर्गनाइजेसनको व्यापार, मेनपावर कम्पनीदेखि गाडीको ’शो–केस’ त्यहीँ सारियो ।
४) बाहिरिने क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा ७४० अर्ब डलर बराबरको रक्षा खर्च विधेयकमा रोक, सामाजिक सञ्जालहरूलाई प्राप्त जवाफदेहिता सम्बन्धी बचाउ गर्ने अधिकार पनि हटाउने ट्रम्पको मनराय ।
५) र, नेपाली राष्ट्रिय क्रिकेट टिमका सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा टि–१० क्रिकेट लिग खेल्ने, करण र कुशल अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा पहिलो पटक अनुबन्धित ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।