काठमाडौं–संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहितका निकायमा गरेको नियुक्ति सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। रिट दर्ता या दरपिठका विषयमा निर्णय भने बुधबारमात्र हुने सर्वोच्च अदालतले जनाएको छ।
अधिवक्ता सुलभ खरेलले मंगलबार सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् ।
संवैधानिक परिषदले संसदीय सुनुवाइविनै नियुक्ति सदर गर्ने बदनियतका साथ अख्तियारलगायत विभिन्न संवैधानिक निकायमा ४५ जना पदाधिकारी सिफारिस गरेको जिकिर रिटमा गरिएको छ।
संवैधानिक परिषदका बहुमत सदस्यले सिफारिस गर्न सक्ने अध्यादेश अनुसार मंसिर ३० गते प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले ४५ जना पदाधिकारी नियुक्ति सिफारिस गरेका थिए।
गत मंसिर ३० गते भएको निर्णय पुस ५ गते बल्ल सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।