काठमाडौं- नेपालको मानसिंह डोजोले १३ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते अनलाइन कराते प्रतियोगितामा ४ स्वर्ण पदक जितेको छ।
मानसिंहका लागि महिला यु–९ मा अनु मोक्तान र पुरुष यु–१२ मा युनिक राना मगरले स्वर्ण जिते। त्यस्तै १४–१५ वर्ष पुरुषमा अनिश मण्डल तथा महिलामा सविता तामाङले पहिलो स्थान हात पारेको मानसिंहका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय जज महेश महर्जनले जनकारी दिए। महिला यु–१३ मा सविना तामाङले रजत जितिन्। मानसिंहका पाँचै खेलाडीले कुमुतेमा पदक जितेकी हुन्।
नेपालबाट प्रतिस्पर्धा गरेका अन्य खेलाडी आर्यन रन्जितले पुरुष यु–१० कुमुते मा स्वर्ण जिते। सिनियर कातामा जमनसिंह गुरुङ पहिलो भए। जमन केही वर्षयता दक्षिण कोरियामा बस्दै आएका छन्। एसकेडियुएनका रामनारायण श्रेष्ठले काँस्य, रोइता सिंहले रजत र उषा शर्माले कास्य पदक हासिल गरे। तीनैले एकल कातामा प्रतिस्पर्धा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।