काठमाडौं–जिल्ला अदालत संखुवासभाले नेत्रविक्रम चन्द विप्लवसहित ११ नेताहरुका नाममा पक्राउ पुर्जी जारी गरेको छ।
जिल्ला अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुका नाममा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो। जिल्ला अदालतमा दर्ता भएको आगजनी, बम विस्फोटनलगायतका मुद्दामा उपस्थित गराउन जिल्लाले पक्राउ पुर्जी जारी गरेको हो। उनीहरुको नाममा म्याद तामेली हुन नसेकको भन्दै पुर्जी जारी गरेको हो।
जिल्ला अदालतले विप्लवका नेता खड्गबहादुर विश्वकर्मा,पुष्पबहादुर कोइराला, दिपक विष्ट, कृष्णप्रसाद धमला, जसबहादुर तामाङ, जितबहादुर बस्नेत, राकेश राई, पतङगवा लिम्वु र युवराज भन्ने उत्तरकुमार राईको नाममा सार्वजनिक सूचना जारी गरेको हो। सरकारले विप्लवलाई प्रतिवन्ध लगाएको छ। विप्लव समूहले केही दिन अघि शिक्षकको गोली हानी हत्या गरेपत्रि सर्वत्र आलोचना भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।