त्रिचन्द्र क्याम्पसअगाडि तैनाथ सुरक्षाकर्मी ।
काठमाडौं–संसद विघटनपछि आन्दोलन चर्कन सक्ने भन्दै राजधानीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। विशेषगरी उपत्यकाका क्याम्पसअगाडि भारीमात्रामा सुरक्षाकर्मी तैनाथ गरिएका छन्।
विगतमा विद्यार्थी आन्दोलनको मुख्य केन्द्र मानिएका राजधानीका त्रिचन्द्र, शंकरदेव, रत्नराज्य तथा नेपाल ल क्याम्पसअगाडि सुरक्षाकर्मी तैनाथ गरिएका हुन्।
आइतबार पनि संसद विघटन गरिएलगत्तै सत्तारुढ नेकपाकै जनवर्गीय संगठन तथा नेपाली कांग्रेसले राजधानीमा विरोध प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।