काठमाडौं–संवैधानिक परिषद्द्वारा समावेशी आयोगको सदस्यमा सिफारिस गरिएका रामकृष्ण तिमल्सेनाले पद अस्वीकारको घोषणा गरेका छन् । आइतबार आफ्नो फेसबुकमार्फत् उनले पद अस्वीकारको घोषणा गरेका हुन्।
सर्वोच्च अदालतका पूर्वरजिस्ट्रारसमेत रहेका तिमल्सेनाले आफ्नो इच्छाविना नै राजनीतिक नियुक्ति दिइएको भन्दै सो जिम्मेवारी सम्हाल्न नसक्ने बताएका हुन्।
‘समावेशी आयोगको सदस्य पदमा मेरो नाम सिफारिस भएको भन्ने पत्रपत्रिकाबाट थाहा पाएँ । मैले सो पदमा काम गर्न कुनै इच्छा कसैलाई व्यक्त गरेको पनि छैन,’ उनले लेखेका छन् ‘उक्त पदमा जाने मेरो रहर पनि छैन ।’
समावेशी आयोगको सदस्य पदमा मेरो नाम सिफारिस भएको भन्ने पत्रपत्रिकाबाट थाहा पाए। मैले सो पदमा काम गर्न कुनै इच्छा कसैलाई...
Posted by Ram Krishna Timalsena on Sunday, December 20, 2020
उनी प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको कोटावाट सदस्यमा बनेका थिए ।
आइतबार समावेशी आयोगसहित विभिन्न संवैधानिक निकायका आयुक्त एवं प्रमुख आयुक्तहरुको नियुक्तिको निर्णय बाहिर आएको थियो । सो नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै यसअघि राष्ट्रिय दलित आयोगका सदस्य परशुराम रम्तेलले पनि पद अस्वीकारको घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।