• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संविधान र जनविश्वासमा गम्भीर घात

टिप्पणी
64x64
किशोर दहाल आइतबार, पुस ५, २०७७  २१:४९
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भाषणहरूमा केही विषयको चर्चा गर्न छुटाउँदैनथे। तिनैमध्येका थिए- भ्रष्टचारविरुद्ध शून्य सहनशीलता, समृद्धि र लोकतन्त्रमाथि निष्ठा। अघिल्ला दुई विषयको चर्चा अहिलेका लागि कुनै चर्चाको विषय रहेन। किनकि, ती विषय उनी स्वयंका लागि बोझ सावित भइसकेको थियो। तर, आइतबार मात्रै उनले लोकतन्त्र पनि आफ्ना लागि बोझ भएको प्रष्ट पारे।

आइतबारको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो। बैठकमा कतिपय मन्त्रीले त्यस्तो कदमको विरोध पनि गरेका थिए। तर, ओलीले बेवास्ता गरिदिए। उनको कदम संविधानको मर्म विपरीत हुने र त्यसलाई राष्ट्रपतिले सच्याउने अपेक्षा गरिएको थियो। तर, राष्ट्रपतिले पनि अनुमोदन गरिदिएपछि संविधान ठूलो अपेक्षाले ओतप्रोत जननिर्वाचित थलो केही घण्टामै अस्तित्वविहीन बन्न पुग्यो। कतिपयले सर्वोच्च अदालतलाई अर्को आशाको रुपमा व्यक्त गरेका छन्। त्यो भने प्रतीक्षाको विषय छ।

पछिल्लो कदम चाल्नुका कारणबारे प्रधानमन्त्रीको तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक भएका छैनन्। त्यसैले उनले संसद विघटन गर्नुमा उनका स्वभाव, पार्टीभित्रका केही परिस्थिति, उनले आफ्नो शासनशैलीका बारेमा केही समययता दिइरहेका संकेतहरुबाट उनका कदम पर्गेल्न सकिन्छ। 

स्वेच्छाचारी बन्ने चाहना
गत असारमा उनले हठात् संसद अधिवेशन अन्त्य गरिदिएका थिए। त्यतिबेला उनले पार्टिभित्र परामर्श त गरेनन् नै, संसद्‌का नेतृत्वकर्ता सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई पनि सुइँको दिएनन्। जनप्रतिनिधिमूलक संस्थाप्रतिको अरुचि नै त्यसको मूल कारण थियो भन्ने पुष्टि भएको छ।

वैशाखमा उनले दुई अध्यादेश ल्याएर विवादित भएका थिए। जुन खारेज पनि गरिए। आवश्यकताले नै अध्यादेश ल्याएका हुन्थे भने लगत्तै बसेको संसद बैठकमा सो विषयमा आफूले चाहेजस्तो कानुन बनाउने प्रयत्न गर्थे। तर त्यतातिर लागेनन्। बरु संसद नचलेको बेलामा पुनः उही अध्यादेश ल्याए। असारमा संसदको अधिवेशन अन्त्य भएपछि ल्याइएको संवैधानिक परिषद् सम्बन्धी पछिल्लो अध्यादेश सातौं थियो। महिनामा एउटाभन्दा बढी अध्यादेश जारी गरेर प्रधानमन्त्री कानुन बनाउने अधिकार पनि आफूमै निहित राख्न चाहन्छन् भन्ने देखिन्छ। 

जनप्रतिनिधिमूलक संस्थाप्रतिको अरुचि नै त्यसको मूल कारण थियो भन्ने पुष्टि भएको छ।

आफूमा शक्ति केन्द्रित गर्ने ओलीको चाहना पुरानै हो। प्रधानमन्त्री बनेदेखि नै उनी त्यस खालका अभ्यास गरिरहेका थिए। पछिल्लो पटक ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई पनि सोही कोणबाट हेरिनु उचित हुन्छ। संसद नरहने अवस्थामा महत्त्वपूर्ण निकायमा आफू अनुकूल नियुक्ति गर्न सहज हुने र त्यसले आफूलाई सहयोग र अरुलाई दबाब बढाउन सकिने उनलाई थाहा नहुने कुरै भएन।

पार्टीभित्र त उनले आफूलाई स्वेच्छाचारी बनाइरहेका थिए। अब संसद समेत विघटन गरेर समग्र नेपाली राजनीतिमै स्वेच्छाचारी बन्ने बाटो खोजेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

संविधानमाथि प्रहार
यो संसद् मूलतः संविधानको कार्यान्वयनको दृष्टिले सबैभन्दा सफल संस्था हो। यसको सफलतासँगै २०७२ सालमा घोषणा भएको नेपालको संविधानले एउटा बाटो पकड्ने अपेक्षा गरिएको थियो। तर, जारी भएको ५ वर्ष बित्दै गर्दा संविधानमाथि नै गम्भीर घात भएको छ।

प्रधानमन्त्री आन्तरिक शक्ति संघर्षमा भन्ने गरेका थिए- मलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने प्रयत्न भयो भने कसैले बस्न नमिल्नेगरी भाँचिदिन्छु। कुर्सी त बिम्ब थियो। उनले त संविधान र व्यवस्थालाई नै खतरा निम्त्याइदिन्छु भन्न खोजेका थिए। कालान्तरमा उनले आफूलाई पुष्टि गरे।

संविधानसँग इतिहासका ठूलो संघर्ष र अपेक्षा जोडिएका थिए। त्यसलाई मजबुत बनाउँदै अघि बढ्नुपर्ने दायित्व यसका निर्माणकर्ताहरुको हो। ओली पनि संविधान निर्माणमा सक्रियमध्येका एक नेता हुन्। उनीबाट पनि सोही किसिमको अपेक्षा गरिनु नाजायज हुँदैन। तर मुलुकको दुर्भाग्य, उनैबाट संविधान जोगाउनुपर्ने अवस्था आइपुगेको छ।

केपी ओली, जो संविधानको सबैभन्दा ठूलो रक्षकको रुपमा आफूलाई उभ्याउँथे। र संशोधनको माग गर्नेहरुप्रति बैरभाव राख्दथे। तर, आज उनैले संविधानले प्रत्यक्ष अधिकार नदिँदा नदिँदै पनि संसद विघटनको कदम उठाए। र कतिपयको शब्दमा संविधानमाथि नै ‘कू’ गरे। अर्कोतिर, संविधान निर्माण प्रक्रिया र संविधानका कतिपय प्रावधानप्रति असहमति जाहेर गरेका र गरिरहेका शक्तिहरुले भने संविधानको रक्षाका लागि अपिल व्यक्त गरिरहेका छन्। अनौठो समय सन्दर्भमा मुलुक आइपुगेको छ।

Xtrem

Xtrem

अन्य उपलब्धि पनि जोखिममा
संविधान मात्रै होइन, पछिल्ला उपलब्धिको रुपमा गणना गरिने गणतन्त्र, संघीयता र धर्म निरपेक्षामाथि पनि प्रहार सुरु हुन सक्ने देखिएको  छ। यसका दुई तर्क अघि सार्न सकिन्छ। पहिलो त, संसद् विघटन जस्तो अलोप्रिय र संविधानको मर्ममै प्रहार हुने कदम चाल्न सक्ने शासकबाट आगामी दिनमा जस्तासुकै कदम पनि चालिन सक्छ। दोस्रो, ती उपलब्धिका लागि भइरहेका संघर्षमा ओली कतै पनि थिएनन्, बरु त्यसलाई अनेक शाब्दिक चलाखीबाट गिज्याइरहेका थिए। शासन सञ्चालनका क्रममा पनि उनी त्यसपछि इमानदार नभएको टिप्पणी हुँदै आएको थियो। आफूले गर्व गर्न नसक्ने तर बोकिरहनुपर्ने ‘बोझ’लाई उनले जुनसुकै बेला बिसाउन सक्छन्।

'मलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने प्रयत्न भयो भने कसैले बस्न नमिल्नेगरी भाँचिदिन्छु,' भन्ने गर्थे ओली। कुर्सी त बिम्ब थियो। कालान्तरमा उनले आफूलाई पुष्टि गरे।

पछिल्लो कदममार्फत ओलीले आफ्नो अधिनायकवादी आकांक्षाको प्रष्ट परिचय दिइसके। अब उनीबाट क्रमैसँग जुनसुकै उपलब्धि पनि हठात् गुम्न सक्छन्। अवस्था यस्तो सिर्जना भएको छ कि, उनले आफ्नो स्वेच्छाचारितालाई प्रस्फुटित गरिसके तर उनीमाथि नियन्त्रण गर्ने कुनै नागरिक संस्था देखिँदैनन्। सर्वोच्च संस्था राष्ट्रपति उनको सहयोगी साबित भइसकेको छ।

लामो समय संविधानभन्दा माथिका, जनताको चाहनाभन्दा माथिका, शक्तिको आडमा सत्ताको स्वामित्व लिएकाहरुसँग जुधेर र जितेर नेपाली समाज आजको बिन्दुमा आइपुगेको हो। नेपाली समाजले अर्को संघर्षको प्रतीक्षा गरिरहेको रहेछ भन्ने कसलाई थाहा थियो र?

जनअपेक्षामाथि घात
संविधानसँगै ओलीले जनविश्वासमाथि पनि घात गरेका छन्। २०७४ सालको चुनावमा ओलीले सबैभन्दा दोहोर्‍याएको विषय थियो- स्थिरताको जगमा समृद्धि। तर, स्थिरताको सबैभन्दा ठूलो दुस्मन नै उनी देखिए। कहिले दल फुटाउने अध्यादेश ल्याउने र कहिकले संसद नै विघटन गर्ने कदम चालेर उनी चुनावमा जनतालाई दिलाएको विश्वासको विरुद्धमा उभिएका छन्।

नेकपाभित्रको पछिल्लो विवादमा बाहेक उनको पदीय निरन्तरतामाथि प्रश्न उठेको थिएन। जनताले जस्तै पार्टीले पनि उनलाई ५ वर्षे प्रधानमन्त्रीको जिम्मेवारी सुनिश्चित गरिदिएको थियो। तर, पार्टीलाई धोका दिएर उनले आफैंलाई समस्या निम्त्याएका छन्। यो उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो भूल हुनेछ। र नेपाली जनतामाथि गरेको सबैभन्दा गम्भीर विश्वासघात।

त्यसो त, संविधानले नै स्थिरताको परिकल्पना गरेको थियो। त्यसैले पनि संसद विघटनका लागि अहसज प्रावधान राखिएका थिए। तर, ओलीले शक्तिको बलमा त्यसमाथि प्रहार गरे। शक्तिको मातमा आज ती कदम उनी र उनका वरिपरिका व्यक्तिहरुका लागि स्वभाविक देखिएला। तर, राजनीतिक अभिलेखमा यो एउटा चोट बनिरहने छ।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  २१:४९
  • #प्रतिनिधिसभाविघटन
  • #संसद्‍

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही महत्वपूर्ण पक्षमा फरक हुँदैछ । गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संश... आइतबार, असोज १८, २०८३
रास्वपा बैठकका मुख्य निर्णय : पार्टीका सबै सांसद ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिने राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बैठकले उम्मेदवार छनोट, समिति गठनदेखि कार्यालय खरिद गर्ने निर्णय गरेको छ। आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुला... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म आइतबार, असोज १८, २०८३
रास्वपा बैठकका मुख्य निर्णय : पार्टीका सबै सांसद ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह आइतबार, असोज १८, २०८३
कांग्रेसको १५औं महाधिवेशनका लागि खुलामञ्चमा भव्य तयारी आइतबार, असोज १८, २०८३
बाढी र पहिरोका कारण पाँच जिल्लाका प्रमुख सडक अवरुद्ध आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्