काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई अनुमोदन, निर्वाचन वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव । ( राष्ट्रपतिद्वारा संसद् विघटनको सिफारिस अनुमोदन )
२) प्रचण्ड–नेपाल समूहबाट मन्त्री भएकामध्ये ७ जनाले दिए सामूहिक राजीनामाको घोषणा, पूर्व माओवादीबाट मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा र उद्योग मन्त्री लेखराज भट्टले दिएनन् राजीनामा ( ७ मन्त्रीको सामूहिक राजीनामा )
३) संसद विघटनपछि लगानीकर्ता आत्तिएर सेयर बेच्दा ९६ अंकको पहिरो, नेप्से सूचक ४.७७ प्रतिशतले घटेर १८३५.६३ अंकमा रोकियो, ८ अर्ब ७२ करोड रुपैयाँको कारोबार । ( संसद विघटनपछि आत्तिए लगानीकर्ता )
४) कोरोना नियन्त्रण गर्न लगाइएको प्रतिबन्ध तोडेपछि चिलीका राष्ट्रपति सेबेस्टियन पिन्येरालाई जरिवाना, राष्ट्रपति सेबेस्टियनले सार्वजनिक स्थानमा मास्क नलगाएपछि तिरे ३५०० डलर । ( चिलीका राष्ट्रपतिले तिरे ३५०० डलर जरिवाना )
५) र, न्युजिल्यान्डले एक खेल अघि नै जित्यो पाकिस्तानसँगको तीन खेलको टि–२० क्रिकेट सिरिज, आइतबार भएको दोस्रो खेलमा घरेलु टिम न्युजिल्यान्डद्वारा पाकिस्तानलाई ९ विकेटले पराजित । ( पाकिस्तानविरुद्धको सिरिज न्युजिल्यान्डलाई )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।