काठमाडौं–सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान भइरहेको छ। निर्वाचनमा प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन्।
प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा भौतिक दूरी कायम गरी मतदान प्रक्रिया सुरु भएको छ। मतदान प्रक्रिया दुई बजेसम्म सम्पन्न हुनेछ भने कोभिडको सङ्क्रमण भएको सदस्य भएमा २ः३० बजे लाइनमा नबसीकन सिधैँ मतदान गर्ने व्यवस्था गरिएको छ ।
सर्वोच्च बारको सदस्यका हुनका लागि कम्तीमा १० वर्ष कानून व्यवसायीका रूपमा काम गरेको हुनुपर्दछ। सर्वोच्च अदालतबाट कम्तीमा सातवटा फैसला भएको व्यवस्था रहेको छ। उक्त बारमा सदस्य जम्मा ६०५ कानून व्यवसायी मतदान गर्दै छन्। सर्वोच्च बारले मत माग्दै प्रचारप्रसारका सामग्री बाँड्ने काममा पनि प्रतिबन्ध लगाएको छ ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।