काठमाडौं–काठमाडौंको मैतिदेवीमा आगलागी भएको छ। डिल्लीबजार र मैतिदेवीबीचको सडकमा बिहान आगलागी भएको हो।
आगलागी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ गएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश बिष्टले जानकारी दिए।
अहिले प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहायतामा आगो निभाउने प्रयास जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।