काठमाडौं–चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसी उखु किसानका मागप्रति ऐक्यबद्धता जनाउन आज मध्यान्ह माइतीघर मण्डला जाने भएका छन्।
उखु बिक्री गरेको पैसा नपाएको, सरकारले दिएको अनुदान उद्योगले खाएको र २०७१ सालदेखिको बक्यौता नउठेको भन्दै उखु किसान केही दिनदेखि माइतीघर मण्डलामा धर्नामा छन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि शुक्रबार माइतीघर मण्डला पुगेर उखु किसानमा मागप्रति ऐक्यबद्धता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।