काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) कोरोना महामारीका समयमा ओम्नी समूहसँग खरिद गरेको स्वास्थ्य सामाग्रीमा अनियमितता भएको संसदको सार्वजनिक लेखा समितिको ठहर, संलग्न पदाधिकारीमाथि अनुसन्धान गरी मुद्दा चलाउन अख्तियारलाई निर्देशन
२) उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनमा रहेका किसानहरुको माग सम्वोधन गर्ने उद्योगमन्त्रीको प्रतिवद्धता , शनिबार सवै बाणिज्य बैंकको शाखा खुला गरिने, भुक्तानी नदिए आइबारदेखि उद्योगी पक्राउ गर्ने चेतावनी
३) टिकापुर घटनामा प्रतिनिधि सभाका निलम्वित सांसद रेशम चौधरीसहित ८ जना उच्च अदालत दिपायलद्वारा दोषी ठहर, चौधरीसहित ८ जनाको जन्मकैद सदर, केहीको सजाय अदालतले घटायो
४) अमेरिकामा साइबर आक्रमणकारीले विभिन्न मन्त्रालयलाई निशाना बनाएपछि रुसमाथि लगाइयो दोष, रक्षा, अर्थ लगायत मन्त्रालयको सूचना चोर्न खोजेको आरोप रुसले गर्यो अस्वीकार
५) स्पोर्टस अवार्डमा पिपुल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक , पौडीकी गौरिक सिंह, भलिबलकी अरुणा शाही, करातेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी प्रतिस्पर्धामा
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।